आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन् ।

परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी भएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनी सामुदायिक विद्यालयअन्तर्गत विसं २०७३ मा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मङ्गलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ ।

महिलाहरूको पढ्ने धोको पूरा गर्नका लागि सञ्चालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दातामा प्राप्त चन्द्राबाट विद्यालय सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो ।

विद्यालयबाट अघिल्लो वर्ष सात महिलाले एसइई उत्तीर्ण गरेका थिए । यस विद्यालयमा २० वर्ष भन्दामाथिका ३९ महिला अध्ययनरत छन् ।

 

शुक्रबार, १७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !