?????? ???????????-? ????? ???????? ?????? ?????? ?????? ????? ?????? ? ???????? ?? ???????? ??? ???? ???? ???? ????? ??????? ???????? ???????? ????? ? ? ?? ???? ?? ?? ?? ?????? ?? ??? ??????? ??? ??????????? ?????? ???? ???? ? ??????? ??????????? ??? / ????

उदयपुरमा यसपटक आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक खुशी भएका छन् । त्रियुगा नगरपालिकाको जोगीदह, श्रीपुर, राजाबास, चुहाडे, कौवाइ, बगाहा, मोतिगडा, पोर्ताहा, लक्ष्मीपुर, असारी क्षेत्रसहित चौदण्डीगढी नगरपालिकाको हडिया, जोगीदह, बसाहा क्षेत्रमा अहिले आँप र लिचीका बोटमा फूल राम्रैसँग फुलेपछि कृषक राम्रै उत्पादन हुनेमा आशावादी भएका छन् ।

त्यसैगरी बेलका नगरपालिका क्षेत्रको पुरनदह, तपेस्वरी, भागलपुरसहितका सिवाइ सुन्दरपुर क्षेत्रमा अहिले आँपका बोटमा स–साना फल लाग्न थालेको छ । त्रियुया नगरपालिका–२ खैजनपुरका कृषक देवकृष्ण राजधामी भन्नुहुन्छ, “विगतमा भन्दा यसपटक आँप र लिचीका बोट धेरै फुलेर फल लागेका छन्, हावाहुरीले बिगारेन भने आँप र लिचीको उत्पादन धेरै हुन्छ ।”

चौदण्डीगढी नगरपालिका–५ सिवाइ सुन्दरपुरका कृषक देवनारायण चौधरीले पाँच वर्षमा अहिले आँप र लिचीको राम्रो फूल फुलेको छ भन्नुभयो । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार सात सय ७० हेक्टर क्षेत्रफलमा आँपखेती र एक सय ५० हेक्टर क्षेत्रफलमा लिचीखेती गरिएको छ । वर्षाले क्षति नगरे यसवर्ष आँप र लिचीको राम्रो उत्पादन हुनेमा आशावादी भएको ज्ञान केन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउनुहुन्छ । रासस

शुक्रबार, १७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा