सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा कांग्रेसलाई आठ, माओवादी केन्द्रलाई पाँच, जसपा र नेकपा (एस)लाई दुई–दुई र अन्य दललाई एक–एक मन्त्रालय दिने सहमति भएको र यो विषयमा ठोस निर्णय शीर्ष नेताले गर्ने नेता श्रेष्ठले बताउनुभयो ।

नेता श्रेष्ठले यसअघिको पाँचदलीय गठबन्धनको सहमतिको आधारमा १० दलको गठबन्धनलाई अगाडि बढाउने विषयमा छलफल भएको बताउनुभयो । उहाँले राष्ट्रिय जनमोर्चाबाहेक नौ दल अबको सरकारमा सहभागी हुने जानकारी दिनुभयो ।

यस्तै बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

बुधबार, १५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !