सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताउनुभयो ।

विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलङ्गवासम्म धाउँदा समय, खर्च र हैरानी ब्यहोर्नुपर्ने अवस्था रहेकामा मिटर जडान गरिएपछि उक्त समस्या समाधान हुने चन्द्रनगर गाउँपालिका–७ का किसान शिवकृष्ण कुर्मीले बताउनुभयो ।

विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाले कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दुःख दिने गरेको बताउँदै किसान रजाउल मन्सुरले एउटा काम गराउन महिनौ कुर्नुपर्ने अवस्था अब अन्त्य हुने बताउनुभयो । पालिकाले विद्युत् प्राधिकरणसँग समन्वय गरी विद्युत् महसुल पालिकाले नै तिरिदिने गरी मिटर जडान गर्ने योजना बनाइएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले बताउनुभयो ।

मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती बाल्नेलगायत सबै चरणको काम सुरु भइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेश यादवले जानकारी दिनुभयो ।

सात वडामा करिब ३८ हजार जनसङ्ख्या रहेको छ । यहाँका अधिकांश नागरिक कृषि पेसामा आबद्ध रहेका गाउँपालिकाको कृषि शाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०७९र८० मा कृषि विद्युतीकरण र किसानको बिल भुक्तानीका लागि गाउँपालिकाले रू एक करोड ४० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार गएको पुस २९ मा सम्पन्न भएको १२औँ गाउँसभा बैठकबाट पालिकाभरिका किसानले सिँचाइ गर्दा उठेको महसुल पालिकाले तिरिदिने निर्णय गरेको थियो ।

यस क्षेत्रमा धान, मकै, गहुँलगायत तरकारी खेती पनि व्यावसायिक रूपमा हुने गरेको कृषि शाखाले जनाएको छ ।

बुधबार, १५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो