रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ ।

गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

हाल आएर दैनिकजसो कोभिडका बिरामी नाकामा फेला परिरहेकाले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्नुका साथै नेपाल आउनेहरूलाई विशेष रूपमा सोधपुछ गर्ने तथा स्वास्थ्य अवस्थाको जानकारी लिने काम भइरहेको जमुनाहा प्रहरीका प्रहरी निरीक्षक दामु पुनले बताउनुभयो ।

बाँकेमा गत केही महिना यता कोभिडका बिरामीहरू फेला परेका थिएनन् । तर, हाल आएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ ।

नाकामा परीक्षण गर्दा सङ्क्रमित भेटिन थालेपछि नाकामा कडाइ गरेर परीक्षणलाई बढाइएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

उहाँले पछिल्लो समयमा जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्किने शङ्कास्पदहरूको कोभिड परीक्षण गर्दा सङ्क्रमितहरू भेटिने क्रम बढ्दै गएको बताउनुभयो ।

चैतको महिनामा मात्र हालसम्म जमुनाहा नाकामा २१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएकाले उनीहरूबाट अन्यमा पनि सङ्क्रमण फैलिने सम्भावना रहेको हुँदा नाकामा कडाइ गरिएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

नाकामा परीक्षण गर्दा सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी बाहेक अन्य जटिल लक्षण नदेखिएको जमुनाहास्थित हेल्थ डेस्कले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका सबैलाई नाकाबाटै सोझै सम्बन्धित जिल्लाका स्थानीय तहसँगको समन्वयमा होम आइसोलेसन बस्ने गरी घर पठाइएको छ ।

भारतबाट फर्किनेहरूमाथि निगरानी बढाउने र शङ्कास्पद सबैको परीक्षण गरेर मात्र छिर्न दिने व्यवस्था मिलाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

फेरि कोभिड सङ्क्रमण बढ्न थालेपछि सबैलाई स्वास्थ्य मापदण्डको नियमित पालना गर्न स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।

मङ्लबार, १४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो