इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको छ ।

प्रधानमन्त्री नेतान्याहुले अघि सार्नुभएको विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको आरोपमा रक्षामन्त्री गालन्ट बर्खास्त भएपछि आइतबार रातिदेखि दशौं हजारले सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । इजरायलको सबै भन्दा ठूलो शहर तेल अबिब र जेरुसेलममा सडकमा उत्रिएका दशौं हजार प्रदर्शनहरुको प्रहरीसँग झडप समेत भएको छ ।

प्रस्तावित न्यायिक सुधार कार्यक्रमले कार्यकारी प्रमुखलाई सर्वेसर्वा बनाउने भन्दै सुरुदेखि नै चर्को विरोध हुँदै आएको छ । विपक्षी दलहरुले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएकोमा रक्षामन्त्रीको बर्खास्तीसँगै सत्तारुढ दलभित्रै पनि उक्त कार्यक्रमको विरोध हुन थालेको देखिएको छ ।

जसकार कारण इजरायलमा राजनीतिक संकट थप चुलिने सम्भावना छ । राष्ट्रिय झण्डा बोकेका दशौं हजार प्रदर्शनकारीले आइतबार राति प्रदर्शन गरेका हुन । इजरायलमा बढ्दो राजनीतिक अस्थिरताप्रति अमेरिकाले पनि चासो दिंदै सहमतिको बिन्दु खोज्नु पर्ने बताउदै आएकाे छ ।

सोमवार, १३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान