Trending
हेल्पिङ हेण्ड्स युएसए र स्व.डा. रेबिता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकाछन् । पर्साको टाढीमा आयोजित निःशुल्क शिविरबाट झण्डै १५ सय बढी स्थानीयवासीन्दा लाभान्वित भएकाछन् ।
शिबिरमा चारसय बढी आँखाका रोगिलाई निःशुल्क औषधि र चस्मा बितरण गरीएको हेल्पिङ हेण्ड्स अन्तराष्ट्रिय अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक रुपमा अति बिपन्न र स्वास्थ्य सेवको पहुँचबाट टाढा रहेका नागरिककालागि निःशुल्क शिविर आयोजना गरीएको थियो । आँखा नदेख्नेको सल्यक्रिया, कम आँखा देख्ने र दृष्टि धमिलो हुदै गएकाहरुलाई डाक्टरहरुबाट परामर्शसहित अस्पतालकालागि रिफर गरीएको थियो ।
निःशुल्क शिविरमा नेपाल फिल्म सोसाईटी युएसएका अध्यक्ष कालाकार नवराज श्रेष्ठ, स्व. डा.रेबिता पाठक ट्रष्टबाट समाजसेवी हेडम पाठक, पाठक एजेन्सी अल स्टेटका सिइओ सुनिल पाठक, न्यूजिल्याण्डका स्त्रीरोग बिशेषज्ञ डा. जेमी, फिजिसीयन डा. टेरी लगायत आँखा तथा दन्त रोग बिज्ञ चिकीत्सकहरुबाट सेवा प्रदान गरीएको थियो ।
हेल्पिङ हेण्डसले बिगत लामो समयदेखि ग्रामीण क्षेत्रका स्वास्थ्बाट बञ्चित नागरिकको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना र बिभिन्न सामाजिक काम गर्दे आएको छ ।