काठमाडौं महानगरपालिकाले कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन टेकुमा परीक्षण सुरु गरेको छ। महानगरले १२ टन कुहिने फोहोरलाई अर्गानिक कम्पोस्ट मल बनाउने प्रक्रिया सुरु गरेको हो।

काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका निर्देशक रविनमान श्रेष्ठका अनुसार महानगर उपत्यकामा उत्पादन हुने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने अभियानमा छ। यही योजनाअनुसार नै कुहिने फोहोरबाट अर्गानिक कम्पोस्ट मल बनाउने तयारी गरेको हो।

गुणस्तरीय मल निर्माण गर्नका लागि पहिलो चरणमा ट्रायल बेसिसमा काम गरिरहेका छौं। यसका लागि हामीलाई निःशुल्क रूपमा प्राविधिक सहयोग प्राप्त भएको छ। संंकलन भएको १२ टन फोहोरलाई केमिकल हालेर कुहाउने पद्धतिबाट अर्गानिक मल तयार गरिँदैछ। ३ महिनाको प्रक्रिया पूरा गरेपछि मात्रै यस्तो मल तयार हुने प्राविधिकले बताएका छन् श्रेष्ठले भन्नुभयो ,

पहिलोपटक गरिएको यो परीक्षणको रिजल्ट सकारात्मक आएको अवस्थामा महानगरले उपत्यकाका धेरै ठाउमा कम्पोस्ट मल बनाउने तयारी गरिरहेको छ। वातावरण विभागका निर्देशक श्रेष्ठले भन्नुभयो, ‘उपत्यकामा हरेक दिन उत्पादन हुने टनका–टन फोहोर व्यवस्थापनका लागि अर्गानिक मल बनाउने तरिका उपयुक्त हुन सक्छ।’ यसले गर्दा खेती गर्ने किसानहरूलाई समेत मलको अभाव नहुने उहाँको तर्क छ। भन्छन्, ‘बाली लगाउने समयमा किसानहरूले मलको अभाव भोग्नुपर्ने समस्या केही रूपमा समाधान हुने महानगरको योजना छ। उपभोक्ताले कुहिने र नकुहिने फोहर छुट्ट्याएर मात्रै फोहोर संकलन गर्दा पुनः प्रयोग गर्न सकिने सामानबाट आम्दानी गर्न सक्छन्।

उपत्यकामा हरेक दिन उत्पादन हुने ठूलो परिमाणको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फालिँदै आएको छ। फोहोरका कारण उक्त क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै आएका छन्। प्रत्येक दिन उत्पादन हुने फोहोरमध्ये ७० प्रतिशत फोहोर कुहिने र २० प्रतिशत पुनः प्रयोग गर्न मिल्ने खालका छन्। फोहोर व्यवस्थापनमा दीर्घकालीन योजना नभएकै कारण अहिले उपत्यकामा संकलन हुने सवै प्रकारका फोहोरहरू बन्चरेडाँडा पुग्छन्।
काठमाडौं महानगरपालिकाले गत असोजमा नै फोहोर व्यवस्थापन गर्नका लागि चितवनमा रहेको सफा ऊर्जा प्रालिसँग सहकार्य गर्न सम्झौता गरेको थियो। यो कम्पनीले कुहिने फोहोरलाई कम्पोस्टिङ पद्धतिबाट अर्गानिक मल बनाउँदै आएको छ। भरतपुर महानगरको फोहोरलाई पनि यही कम्पनीले मलमा परिणत गरिरहेको छ। यहि पद्धतिअनुसार नै टेकु ल्यान्डफिल साइटमा मल बनाउनका लागि परीक्षण गरिएको हो।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार कम्पोस्टिङ पद्धतिबाट मल बनाउनका लागि सार्वजनिक ठाउँ खोजी गरिएको छ। पहिलो चरणको परीक्षण सफल भएमा दक्षिणकाली, गोकर्णेश्वर र नागार्जुनमा अर्गानिक मल निर्माण कार्य सुरु हुनेछ। यो पद्धतिबाट मल बनाउँदा लागत कम लाग्ने र उत्पादित मल बेचेर लाभ लिन सकिने मानन्धर बताउँछन्। कम्पोस्टिङ पद्धतिबाट मल बनाउनका लागि कम्तीमा पनि ५ रोपनी जग्गा आवश्यक पर्ने बताउँदै मानन्धरले यसरी कुहिने वस्तुबाट मल बनाउँदा धेरैजसो सहरको फोहोर समस्या समाधान हुने उनी तर्क गर्छन्। यो प्रविधिबाट धुलो मल तयार हुने र प्रयोग गर्न पनि सहज हुन्छ।

काठमाडौं महानगरले फोहोर व्यवस्थापन गर्न भन्दै २०७१ सालमा नै बायोग्यास प्लान्ट जडान गरेको थियो। १ करोड ८६ लाख लागतमा जडान भएको उक्त प्लान्ट अहिलेसम्म अलपत्र छ। टेकुको एक कुनामा अस्तव्यस्त छ। बायोग्यास प्लान्टबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने र फोहोरबाट मोहोर कमाउने उद्देश्य महानगरको थियो। तर, उक्त प्रविधि हालसम्म सञ्चालन हुन सकेको छैन। वातावरण व्यवस्थापन विभागका निर्देशक श्रेष्ठका अनुसार महानगरले ९ वर्ष अगाडिको बायोग्यास प्लान्ट पनि सञ्चालन गर्ने योजना बनाइरहेको छ। यसका लागि प्लान्टको मर्मत संभारको काम गरिँदै आएको छ।

सोमवार, १३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा