भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण–३ जलविद्युत् आयोजनाले एक वर्षभित्रै विद्युत् उत्पादन सुरु गर्ने भएको छ । हालसम्म आयोजनाको ६५ प्रतिशत निर्माण सम्पन्न भएको र सन् २०२३ भित्रै बिजुली उत्पादन गर्ने लक्ष्य आयोजनाले लिएको छ ।

लगानी बोर्डअन्तर्गत भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन) ले निर्माण गरिरहेको उक्त आयोजना निर्माणको काम आउँदो सन् २०२३ भित्र सम्पन्न गरेर विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य रहेको लगानी बोर्डका सहप्रवक्ता तथा उपसचिव रमेश अधिकारीले सिएन नेपाललाई जानकारी दिनुभयो ।

निर्माणको काम ६० प्रतिशतभन्दा बढी भइसके पनि प्रसारण लाइन निर्माणमा जटिलता देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार प्रसारण लाइनतर्फ १५ प्रतिशतमात्र काम भएको छ ।

‘अहिले आयोजना निर्माणको काम तीव्र रूपमा भइरहेको छ । तर, प्रसारण लाइनको क्षेत्राधिकार ‘राइट अफ वे’ भित्र पर्ने जग्गाको मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने कुरा अघि बढाउनुपर्ने छ,’ उहाँले भन्नुभयो, ‘केही–केही जिल्लामा अघि बढाउनुपर्छ । सडकखण्ड क्षेत्रको जग्गा प्रयोग गर्न मुआब्जा वितरण गर्नुपर्ने काम बाँकी नै छ ।’

आयोजनाको ड्याम साइट र पावर साइट क्षेत्रको काम करिब अन्तिम चरणमा पुगेको छ । पानी डाइभर्सन गर्ने सुरुङमार्गको काम यसअघि नै सकिएको छ भने हाइड्रो मेकानिकलतर्फ मेसिन तथा उपकरण जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।

हालसम्म आयोजना निर्माणको आधारभूत काम सम्पन्न भइसकेका छन् । आयोजना स्थलसम्म पुग्ने बाटो, पुल र पावर हाउस निर्माणको काम सम्पन्न भइसकेको छ ।

अडिट–१ को गेट निर्माण, पावर इन्टेक टनेल, ड्याममा कंक्रिटिङलगायत काम सकिएको छ । मुख्य सिभिलअन्तर्गत अधिकांश मेसिन तथा उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । दुइटा भर्टिकल प्रेसर साफ्ट (ठाडो सुरुङ) निर्माण भइसकेको छ भने एउटाको वाइडनिङ (जडान) गर्ने काम भइरहेको छ ।

त्यस्तै, ड्राफ्ट ट्युबअन्तर्गत १ देखि ४ सम्मको काम पूरा भएको छ । स्लुइस रेडियल गेट निर्माणको काम ३५ प्रतिशत सकिएको छ । हाइड्रोलिक सिलिन्डर र पावर प्याकलगायतका लागि आयोजना स्थलमा उपकरण राखिएको छ । मुख्य इन्टेक गेट र ड्राफ्ट ट्युब गेट बल्कहेड निर्माणको काम बाँकी छ ।

स्लुइस रेडियल गेटको रुट परिवर्तन गरिएकाले गेट निर्माणको कार्य गर्न बाँकी छ । पुलका खण्डहरूका लागि फेब्रिकेसन यार्ड निर्माण गरिसकिएको छ ।

समग्रमा हाइड्रो मेकानिलकतर्फ पावर हाउसभित्र जडान गर्नुपर्ने काम र केही फिनिसिङलगातका काम गर्न बाँकी छ ।

आयोजना निर्माणको कामले गति लिइरहँदा विद्युत् प्रसारण लाइन निर्माणको काम भने सुस्त देखिएको छ । हालसम्म प्रसारण लाइनतर्फ १५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको छ । आयोजनाबाट उत्पादित बिजुली ढल्केबर सबस्टेसनमा जोडिनेछ ।

ढल्केबर सबस्टेसनसम्म पुग्ने गरी २१९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्छ । तर, प्रसारण लाइन निर्माणमा भोजपुर, खोटाङ, उदयपुरलगायत जिल्लामा जग्गा अधिग्रहणमा समस्या र स्थानीयको अवरोध छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण लाइन निर्माण गरेर ढल्केबर सबस्टेसनमा जोडेर ढल्केबर–सीतामढी (भारत) ४०० केभी प्रसारण लाइनमार्फत निर्यात गर्ने सरकारको योजना छ ।

अरुण–३ बाट उत्पादित बिजुली विकासकर्ता भारतीय एसजेभिएनले आफ्नै बजारमा व्यवस्थापन गर्नेछ, भने नेपाललाई कुल उत्पादित बिजुलीको २१.९ प्रतिशत निःशुल्क उपलब्ध गराउने गरी नेपाल–भारत सरकारबीच समझदारी भइसकेको छ ।

आयोजना निर्माणका लागि लागि १ खर्ब ४४ अर्ब रुपैयाँ लगानी स्वीकृत भइसकेको छ ।

सोमवार, १३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा