धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवामा सामुदायिक पुस्ताकालय स्थापना हुने भएको छ ।

स्थानीयको माग अनुसार सामुदायिक पुस्ताकलय भवनको शिलान्यास गरिएको हाे । कोशी राजमार्ग नजिकै निर्माण हुन लागेको पुस्तकालय द पिपुल अफ जापान तथा शान्ति भोलेन्टियर्स र रेड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको हो । आगामी १० महिनाभित्र पुस्तकालय भवन निर्माण हुने भएकाे छ ।

छथर जोरपाटी गाउँपालिका र स्थानीय समुदायको साझेदारीमा सिधुवा छथर जोरपाटी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले निर्माण गर्न लागेको हो । यो पुस्तकालयमा पुस्तक पढ्ने ठाउँ मात्र नभई गाउँपालिका नागरिकहरुले चाहेको सिप सिक्ने थलोको रुपमा विकास गर्ने लक्ष्य रहेको छथर जोरपाटी गाउँपालिका– ६ का वडाध्यक्ष दिपक गुरुङले बताउनुभयो।

पुस्तकालय रिड नेपालको १ करोड ६६ लाख १९ हजार ७ सय र स्थानीय साझेदारी ४९ लाख ७३ हजार ८६ रुपैयाँ गरी २ करोड १५ लाख ९२ हजार ७ सय रुपैयाँको लागतमा निर्माण हुने भएको छ । रिड नेपालले ४३ जिल्लामा ६९ वटा पुस्तकालय निर्माण गरी सकेको र यो ७० औं पुस्तकालयको रुपमा निर्माण हुँदै गरेको रिड नेपालका अध्यक्ष भोला कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पुस्तकालय निर्माण भएसँगै यस क्षेत्रका १ सय नागरिकहरुलाई सिपमूलक तालिम दिइने भएकाे छ। पुस्तकालय संरक्षकको रुपमा पालिकाको ६ वटै वडाध्यक्षहरुलाई संरक्षक र मुख्य संरक्षकको रुपमा पालिका अध्यक्ष र उपाध्यक्षलाई तोकिएको छ । २ रोपनी क्षेत्रफलमा निर्माण हुने पुस्तकालय पूर्वीपहाडी जिल्ला मै पहिलो नमूना हुने जनाइएकाे छ ।

सोमवार, १३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा