कास्कीको मादी गाउँपालिका-१ र २ मा निर्मित सुपरमादी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। ४४ मेगावाटको जलविद्युत् आयोजनाको निमार्ण सम्पन्न गरी आन्तरिक परीक्षण भई आयोजनास्थलबाट १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जडान गरिएको हो।

आयोजनाका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले आयोजनाको बाँध, सुरुङमार्ग, विद्युत् गृहलगायत सबै क्षेत्रको काम सकिएको जानकारी दिनुभयो।

आयोजना निर्माणमा आठ अर्ब ७० करोड रुपैयाँ लागत लागेको अध्यक्ष ढुंगानाले बताउनुभयो। विसं २०७५ मंसिरदेखि निर्माण थालिएको आयोजना निर्माण २०७८ चैतभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

तर कोरोना महामारी तथा २०७८ असार १ मा मादी खोलामा आएको बाढीका कारण आयोजना निर्माणको काममा ढिलाइ भएको ढुंगानाको भनाइ थियो।

सुरुमा सात अर्ब ४७ करोड रुपैयाँ लागत भनिए पनि बाढी प्रकोप, बैंकको ब्याजदरमा आएको परिवर्तन, अर्थतन्त्रमा देखिएको तरलतालगायत कारणले उक्त लागत बढ्न गएको आयोजनाले जानकारी दिएको छ।

आयोजनाका अनुसार बाढीका कारण एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको छ। मुख्य सुरुङको लम्बाइ करिब छ किलोमिटर रहेको र कमजोर भौगोलिक अवस्थाका कारण करिब आठ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गर्दा करिब २५ करोड लागत थपिएको हो।

आयोजनाका लागि दुई अर्ब १० करोड रुपैयाँ सेयर पूँजी रहेको छ। बाँकी सानिमा विकास बैंकको अगुवाइमा विभिन्न बैंकहरूको लगानी रहेको अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो। रासस

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे