file photo

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ । तरकारी खेती गर्दै आएका फुङ्लिङ नगरपालिका–७ का ५० जना किसानलाई छाहारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको हो ।

तरकारीजन्य खेती गरेर आत्मनिर्भर बन्न खोज्ने कृषकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष योगेन्द्रप्रसाद निरौलाले बताउनुभयो । नगरप्रमुख अमिर मादेन र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको उपस्थितिमा वडा कार्यालयमै किसानलाई बोलाएर टनेल वितरण गरेको वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो ।

फुङ्लिङ नगरपालिका–७ दोखुका किसानलाई टनेल वितरण गर्दै नगरप्रमुख मादेनले टनेल खेतीबाट उत्पादन हुने तरकारीजन्य वस्तु स्वस्थ हुने बताउनुभयो । कतिपय किसानले टनेल लैजाने र सही सदुपयोग नगर्ने गरेको पनि पाइएकाले त्यसो नगर्न किसानलाई प्रमुख मादेनले आग्रह पनि गर्नुभयो । तरकारी उत्पादन गरेर हरेक किसान आत्मनिर बनुन् भन्ने नगरपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ ।

उपभोक्ताको चाहाना स्वस्थवर्द्धक उपभोग्य वस्तुमा हुने हुँदा टनेललाई सही सदुपयोग गरी स्वस्थ तरकारी उत्पादन गर्न प्रमुख प्रशासकीय अधिकृत रिमालले किसानलाई आग्रह गर्नुभयो । यता बोलपत्रको माध्यममार्फत गुणस्तरीय टनेल सामग्री ल्याएर किसानलाई वितरण गरेको वडाध्यक्ष निरौलाले बताउनुभयो । वडाले उपलब्ध गराएको टनेललगायत सामग्रीको सही सदुपयोग भए-नभएको किसानको घरघरमा पुगेर अनुगमन गर्ने पनि उहाँले दाबी गर्नुभयो ।

सदरमुकाम फुङ्लिङ बजार नजिकको वडा भएकाले दोखुका अधिकांश किसान तरकारी तथा फलफूल खेतीमा संलग्न रहँदै आएका छन् । उनीहरूले उत्पादन गर्ने गोलभेँडा, काउली, रायो साग, खुर्सानी, भिँडा, सिमी, मुला, गाजर लगायतका तरकारीजन्य वस्तुहरू फुङ्लिङमा मङ्गलबार र शनिवार लाग्ने हाटमा बिक्री गर्ने गरेका छन् भने केही उत्पादन जिल्ला बाहिरसमेत निर्यात हुने गरेको बताइएको छ ।

आइतवार, १२ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !