Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा महिलाको नेतृत्व बढ्दै गएको बताउनु भएको छ ।
शनिबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘वुमन लिडरसिप समिट’मा उहाँले पछिल्लो समय स्थानीय तहदेखि केन्द्र र उद्योग तथा व्यावसायिक क्षेत्रमा महिला नेतृत्व बढ्दै गएको बताउनु भएको हो । उहाँले नेपालको संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको समेत बताउनुभयो ।
निर्णायक तहमा महिला पुग्दा त्यसको प्रभाव समेत देखिएको उहाँको भनाइ छ । महिलाले अवसर पाएपछि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छ्न् भन्ने प्रमाणित भइसकेको उहाँले दाबी गर्नुभयो ।