काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधारणको लागि खुला गरेको छ । रानीपोखरी पुनस्र्निर्माणपछि बुधबारबाट पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको हो ।

महानगरले रानीपोखरीमा विनाटिकट सर्वसाधारण अवलोकन गर्न पाउने व्यवस्था मिलाएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट भने औपचारिक रुपमा खुलेको छ’ ।

२०७२ को भूकम्पले क्षतिग्रस्त रानीपोखरीलाई पुरानै स्वरुपमा पुनर्निर्माण गरीएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले महानगरलाई ८ पुस २०७८ मा रानीपोखरी हस्तान्तरण गरेको थियो । तर, सर्वसाधारणका लागि खुला गरिएको थिएन ।

महानगर प्रहरीले सरसफाइ गरेपछि बुधबारबाट सर्वसाधारणको लागि खुलाईएको हो ।

शुक्रबार, १० चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !