रिभर फल्स पावर कम्पनीले निर्माण गरेको १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाको काम सम्पन्न भएको छ । कम्पनीले संखुवासभाको पिलुवा खोलामा निर्माण गरेको आयोजनाको सिभिल संरचना, हाइड्रो मेकानिल, इलेक्ट्रोमकानिल उपकरण जडानलगायतका सबै काम पूरा भएको हो ।

आयोजनाको सबै काम पूरा भएको चैत १५ (बुधबार) देखि परीक्षण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि नेपाल विद्युत प्राधिकरणलाई दुई साता निशुल्क विद्युत दिइनेछ, त्यसपछि व्यापारीक उत्पादन सुरु हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक साढे ३ किलोमिटर प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्राधिकरणसँग भएको विद्युत खरीद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ चैतदेखि विद्युत उत्पादन गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा भएको ढिलाई, कोरोना माहामारीले गर्दा करिब २ वर्ष ढिला गरी विद्युत उत्पादन सुरु गर्न लागिएको कम्पनीले जनाएको छ ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे