राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक प्रकोप र विपद्जन्य घटनाबाट बच्ने उपायहरू समेटिएको ई–लर्निङ पोर्टल सञ्चालनमा ल्याउने भएको छ ।

प्राधिकरणद्वारा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले पोर्टलले विपद्को प्रकृति तथा सम्भावित क्षतिका बारेमा जानकारी गराउनुका साथै उद्धार गर्ने प्रक्रिया र अपनाउनुपर्ने रणनीतिका बारेमा जानकारी दिने बताए ।

उनले पोर्टलमा डढेलो नियन्त्रणको प्रक्रियाका बारेमा जानकारीमूलक सामग्री राखिने हुनाले स्थानीय तह र प्रदेश सरकारले सोही बमोजिम जनशक्तिलाई तालिम र प्रशिक्षण दिनसक्ने धारणा राखे ।

यस्तै, प्राधिकरणले प्राकृतिक प्रकोपजन्य घटनामा राहत तथा उद्धार गर्नका लागि खटिने स्वयंसेवकको विवरण अध्यावधिक गर्ने पोर्टल पनि निर्माण गरेको छ ।

हालसम्म उक्त पोर्टललमा १ लाखभन्दा बढी स्वयंसेवक सूचीकृत भइसकेको पनि प्राधिकरणले जनाएको छ । स्वयंसेवकका लागि इच्छुक व्यक्तिले वैयक्तिक विवरण सहितको अनलाइन फारम भर्नुपर्ने प्रावधान राखिएको छ । आन्तरिक तयारी भइरहेकाले पोर्टल सार्वजनिक भने भई नसकेको प्राधिकरणको भनाई छ ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे