पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बिहीबार नेपालस्थित पाकिस्तानी राजदूतावास, काठमाडौंमा झण्डा फहराइयो । कार्यवाहक राजदूत उमैर अलीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो । त्यस अवसरमा कार्यवाहक राजदूत उमेर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प गरेको स्मरण गरे ।

उहाँले पाकिस्तानी जनताका पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालाई पुन:पुष्टि गर्ने आवश्यकतालाई जोड दिए ।

झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।

 

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो