Trending
पाकिस्तानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बिहीबार नेपालस्थित पाकिस्तानी राजदूतावास, काठमाडौंमा झण्डा फहराइयो । कार्यवाहक राजदूत उमैर अलीले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।
सो अवसरमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो । त्यस अवसरमा कार्यवाहक राजदूत उमेर अलीले सन् १९४० मा मुस्लिमहरूले आफू र आफ्ना भावी पुस्ताका लागि छुट्टै गृहभूमि निर्माण गर्ने संकल्प गरेको स्मरण गरे ।
उहाँले पाकिस्तानी जनताका पुर्खाहरूले परिकल्पना गरेको पाकिस्तानलाई मातृभूमि बनाउने प्रतिबद्धतालाई पुन:पुष्टि गर्ने आवश्यकतालाई जोड दिए ।
झण्डा फहराउने कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।