आगामी १ वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्रको लागि चैत १५ गतेभित्र पुस्तक प्रकाशन गरेर सकिने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । केन्द्रले ६ देखि १० कक्षासम्मका एक करोड ५० लाख थान पुस्तक छपाइ गर्ने जिम्मेवारी पाएको छ ।

अब करिब दश प्रतिशत मात्र पुस्तक छाप्न बाँकी रहेकाले एक हप्ताभित्र छपाइ सकिने जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । बाहिरी जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक छापिएको र छापिसकेका पुस्तकहरु शाखा कार्यालयमा पठाउने क्रम पनि जारी रहेको उनले बताए ।

निर्देशक झाले भने, ‘हामीले प्राथमिकताका आधारमा शाखामा पुस्तक पठाइरहेका छौं । उपत्यका नजिकैका केही जिल्ला र उपत्यकालाई १५ दिन भित्र छपाइ सकेर उपलब्ध गराउँछौं । चैत १५ देखि हामी बिक्री शुरु गर्छौं ।’

सरकारको योजना अनुसार नयाँ शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीको हात–हातमा पुस्तक पुग्ने उनले जिकिर गरे । केन्द्रका ९ वटा शाखा कार्यालयहरुमा पुस्तक पु¥याइसकेको झाले जानकारी दिए ।

सरकारले यस वर्ष विद्यालय तहका विद्यार्थीलाई समयमै पाठ्यपुस्तक पु¥याउन सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्रलाई ६ देखि १० कक्षासम्मको र निजी प्रकाशकलाई १ देखि ५ कक्षासम्मको पुस्तक छाप्न दिएको छ । निजीले कक्षा १ देखि ५ सम्मका एक करोड २० लाख थान पुस्तक छाप्नुपर्ने छ ।

पुस्तक छपाइ जारी रहेकाले समयमा नै पुग्ने पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगानाले बताए । उनले भने, ‘पछिल्लो अपडेट लिएको छैन तर प्रकाशन गृहहरुले सक्छन् । समयमा पुस्तक पु¥याउन सकिन्छ ।’ स्थानीय वितरकले लापरबाही नगरे विद्यार्थीको हात–हातमा समयमै पुस्तक पुग्ने दाबी उनले गरे ।

आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुनेछ । जस अनुसार पुस्तक प्रकाशन पनि अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे