अर्जुनचौपारी गाउँपालिका ३ आग्रीखर्कका शिवालय आमा समूहले सामूहिक आलुखेती थालेको छ ।

गाउँमा लाहुरे आँउदा होस या विवाह, व्रतबन्ध हुँदा आमा समूहले आफ्नो सामुहिक सांस्कृतिक कार्यक्रम गरी आर्थिक सङ्कलन गरेर गाउँ समाजमा विभिन्न विकास निर्माण तथा समाजसेवाका काम गर्दै आएको आमा समूह सामूहिक आलुखेतीमा समेत जुटेको हो ।

२०५७ सालमा स्थापना भई गाउँमा विकास निर्माण र समाज परिवर्तनका लागी महत्वपूर्ण भूमिका खेल्दै आएको आमा समूह कृषि कर्ममा लागेको हो ।

गाउँपालिकाको अनुदानमा आलुको बीउ तथा रासायनिक मल प्राप्त भएपछि शिवालय आमा समूह अहिले पहिलो पटक सामूहिक कृषि कर्ममा जोडिएका हुन् । आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले पूर्ण अनुदानमा बाग्लुङ ताराखोला जातको बीउ दिएको र सोही आलु लगाइएको समूहले जनाएको छ ।

आमा समूहले १५ रोपनी जग्गा भाडामा लिएर सामूहिक रुपमा बर्खे आलु लगाएको हो । आमा समूहले अनुदानमा प्राप्त आठ सय केजी आलु लगाइएको समुहकी सचिव विपना काफ्लेले बताए ।

समूहमा काम गर्दा एक आपसमा ज्ञान तथा सीप आदानप्रदान समेत भएको भन्दै यसपटक लगाइएको आलु राम्रो उत्पादन भएमा फेरि जग्गा विस्तार गरि आलु लगाउने सचिव काफ्ले बताउछन ।

समूहले पहिला यसरी कृषि कार्य नगरेको बताउदै समूहकी कोषाध्यक्ष रत्ना काफ्लेले पछिल्लो समय ग्रामीण भेगमा खेतारा नपाउने समस्या भइरहेका बेला समुहमा आबद्ध सबै एकै ठाउँमा भएर आलुखेती गर्दा निकै रमाइलो लागेको बताए । त्यस्तै यहाँको वराहदेवि विक समूहले सामूहिक रुपमा आलु लगाएका छन् ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा