बिश्वमा जलवायु परिवर्तनको असर बढ्दै जाँदा बिश्व समुदायले चिन्ता व्यक्त गरेको छ । आदिवासी, जनजाति, सामुदायिक वन र स्थानीय समुदायलाई जलवायु परिवर्तनबाट हुने प्रभाव, चुनौति, पूर्वतयारी, भूमिका र सिपबारे चेतना अभिबृद्धि गर्ने उद्धेश्यले ग्लोबल डिजिएमको अन्तराष्ट्रिय कार्यान्वयन समिति र कन्र्जभेसन इन्टरनेशनल वासिङ्टन डिसीले गरेको कार्यक्रममा पछिल्लो समयमा जलवायु परिवर्तनको असर बिश्व व्यापी रुपमा देखिएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

ग्लोबल डिजिएम मेक्सीकोका मेनियल अल्ड्रेटले पर्यावरण र जलवायु परिवर्तनको प्रभाव नेपालमा पनि पर्न थालेको भन्दै सामुहिक सहकार्यबाट चुनौतिको सामना गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले पृथ्वीको तापमान बढ्नु चुनौतिको रुपमा रहेको भन्दै जलवायु परिवर्तनबाट निम्तिन सक्ने प्राकृतिक बिपत्तीबारे जनचेतना र पूर्वतयारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

डिजिएम नेपाल कार्यान्वयन समितिका अध्यक्ष डा.अर्जुन कार्कीले जलवायु परिर्वतनको प्रभाव नेपाल जस्तो सानो देशमा बढी परेको भन्दै जलवायु परिर्वतन न्यूनिकरणकालागि आदिवासी, जनजाति, महिला र स्थानीय समुदायको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले नेपाल जस्तो सानो देशले वातावरणमा उल्लेखनिय रुपमा असर नपारे पनि त्यसको प्रभावको दृष्टिकोणले भागिदार बढी हुनु परेको दुःखेसो गर्नुभयो ।

समुन्द्रको सतह बढ्दै जानु र हिमाल ढुंगामा परिणत हुदै जाँदा चुनौति थपिएको उहाँको भनाई थियो । बिश्व समुदायबाट नेपालले धेरै सिक्ने अवसर प्राप्त गरेको भन्दै नेपालको सामुदायिक बनको राम्रो व्यवस्थापनबाट अन्तराष्ट्रिय जगतले पनि सिकी रहेको बताउनुभयो । आदिवासी जनजाति र स्थानीय समुदायकालागि समर्पित अनुदान कार्यक्रमका बिज्ञ डा. सुरेश तामाङले जलवायु परिवर्तनकै कारण अहिले नेपालमा मौसम परिर्वतनको असर देखिएको भन्दै बिश्व समुदायसंग हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

बिश्व बैंकको सहयोगमा भएको कार्यक्रममा ब्राजिल, घाना, इण्डोनेसिया, पेरु, मेक्सीको, बुर्कीनाफासो, कोटे डि आवर, मोजाम्बिक, पोर्चुगिजलायतदेशका जलवायु बिज्ञहरुको सहभागिता थियो । आदिवासी जनजाति महासंघ, सामुदायिक बनका प्रतिनिधि, तामाङ, गुरुङ, राई ,लिम्बु, सुनुवारलगायत १४ वटा भन्दा बढी जनजाति संघ संस्थाको सहभागिता रहेको कार्यक्रमा समुदायले आ–आफ्ना संस्कृतिक नृत्य, परम्परा र संस्कृति प्रस्तुत गरेका थिए ।

पाँच दिनसम्म चल्ने कार्यक्रममा महिला नेतृत्व, बिकासबारे अवधारणा, क्षमता अभिवृद्धि र भूमिकाका बारेमा गहन छलफल हुने र नेपालको जलवायु न्यूनिकरण गर्न थपिदै गएका चुनौति चिर्न सम्मेलनले ठोस निर्णय लिने छ ।

बिहिबार, ९ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !