डेढ महिनापछिको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले सुकेको जेठासी बाली र कात्तिके बाली लगाउन सहज हुने भएपछि किसान खुसी भएका हुन् ।

स्याउ र्फामका लागि डेढ सय बोट स्याउका बिरुवा लगाएका किसान दल भण्डारीले हिमपात किसानका लागि सुन जस्तै भएको बताउनुभयो । उहाँले लामो समय खडेरी परेको कारण लगाएका बिरुवा सुक्न थालेको समयमा हिमपात र वर्षा भएपछि अब बिरुवा हुर्किन सहज भएको बताउनुभयो ।

स्याउ ओखरका बिरुवा मात्र नभएर खडेरीले सुक्न थालेको जेठासी बालीलाई पनि बचाएको उहाँको भनाइ छ । अर्का किसान टक्क शाहीले कात्तिके बाली लगाउन कठिन भइरहेको बेला परेको हिमपातले बीउ छर्न, खनजोत गर्न सहज भएको बताउनुभयो । किसानहरू खडेरी परेको कारण कात्तिके बाली लगाउन नसकिने चिन्तामा थिए ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हिमपातसँगै चिसोसमेत बढेको बताउनुभयो । लामो समयको खडेरीपछि हिमपात हुँदा स्थानीय र बालबालिका हिउँमा रमाएका छन् । हिउँ पर्न सुरु भएपछि तापक्रम माइनस सात डिग्री सेल्सियसमा झरेको छ ।

सदरमुकाम सिमकोटभन्दा माथिल्लो क्षेत्रमा झन् बाक्लो हिउँ परेको छ । यो हिउँ विशेष गरी सिमकोट गाउँपालिकाको छोबाखोर पञ्चमुखी, लब्लीडाँडा, रलिङगुम्बा, चाङ्ला हिमाल र नाँम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेक, यारी, मुचु, चाला, न्यालु लेकमा बढी हिमपात भएको छ ।

यस वर्षको यो तेस्रो हिमपात हो । पहिलो हिमपात गत माघ दोस्रो र दोस्रो हिमपात माघ तेस्रो हप्तामा भएको थियो ।

मङ्लबार, ७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे