जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको देखाएको छ । यस्तै, पृथ्वी अहिले एक लाख २५ हजार वर्षयताकै उच्च तापक्रमको विन्दुमा पुगेको र आउँदो दशकमा यो अझै बढ्दै जाने रिपोर्टमा उल्लेख छ । पृथ्वीको तापक्रम बढाउने हरितगृह ग्यासको निकै कम उत्सर्जनले अब १.५ डिग्री सेल्सियको तापमानको लक्ष्य हासिल गर्न कठिन स्थिति रहेको रिपोर्टमा जनाइएको छ ।

संयुक्त राष्ट्रसंघलाई सुझाव दिने विज्ञहरूको समूहका रूपमा रहेको आईपीसीले सोमबार सार्वजनिक गरेको रिपोर्टमा पृथ्वीको तापक्रम १.१ डिग्री सेल्सियस बढिसकेको जनाइएको छ । विश्वभरका मुलुक यसअघि वैश्विक तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सहमत भएका थिए । तर, विज्ञले सन् २०३० सम्म तापक्रम वृद्धि १.५ डिग्री सेल्सियस नाघ्न सक्ने बताएका छन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यो रिपोर्ट ‘मानवताको रक्षाका लागि मार्गनिर्देशन’ भएको बताएका छन् । उनले सबै देशले यो दशकभित्र ‘नेट जेरो’ योजना सार्वजनिक गर्नुपर्नेमा जोड दिए । आउँदो नोभेम्बरमा हुने राष्ट्रसंघीय जलवायु सम्मेलन कोप (२८ ) अघि सार्वजनिक आईपीसी रिपोर्ट २०१८ देखि प्रकाशित हुँदै आएको छ । यसले जलवायु परिवर्तनका कारण पृथ्वीमा परिरहेको असर र भोलिका दिनमा पार्ने झनै गम्भीर प्रभावबारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने गर्छ । शताब्दीमा एकपटक आउने चरम तटीय बाढी सन् २१०० सम्म वार्षिक रूपमा आउन सक्ने रिपोर्टमा जनाइएको छ ।

यस्तै, कार्बनडाइअक्साइडको उत्सर्जन गर्ने जीवाश्म इन्धनका पहिलेकै पूर्वाधार र प्रयोग नै यो लक्ष्यका लागि चुनौती रहेको तथा यो क्षेत्रमा नयाँ लगानी झनै खतरनाक हुने पनि जनाइएको छ । तापक्रम यो लक्ष्यभन्दा बढेमा पृथ्वीमा जोखिम धेरै हुनेछ । तर, सौर्य र सोलार ऊर्जा निकै सस्तो बनाउन सके राम्रो उपलब्धि हासिल हुन सक्ने रिपोर्टका लेखकहरू बताउँछन् ।

कार्बनडाइअक्साइड उत्सर्जन गर्ने सवारी निरुत्साहित गर्ने, खाना खेर फाल्ने र खाने प्रचलको फेरबदलजस्ता गतिविधिले पनि जलावयु परिवर्तन रोक्न मद्दत गर्ने उनीहरूको भनाइ छ । ठूलो मात्रामा नेट जेरो उत्सर्जनको लक्ष्य हासिल गर्न चाँडोभन्दा चाँडो कार्बनडाइअक्साइड हटाउने प्रविधि ल्याउन सके त्यसले ठूलो सहयोग पुर्‍याउने विज्ञहरू बताउँछन् । तर, कार्बनडाइअक्साइड हटाउने, सोस्ने र भन्डारण गर्नेजस्ता प्रविधि वा अवधारणा विचलन हुने भन्दै यसको आलोचना पनि भइरहेको छ ।

नेट जेरोको अर्थ उत्पन्न हुने हरितगृह ग्यासको मात्रा र वायुमण्डलबाट हट्ने हरितगृह ग्यासको मात्रा बराबर हुने सन्तुलित अवस्था हो । जीवाश्म इन्धनको प्रयोगले ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्छ । रुखबिरुवाले कार्बन्डाइअक्साइडको प्रयोग र भन्डारण गरी वायुमण्डलमा यसको मात्रा घटाउँछन् । वायुमण्डलमा थुपारिने हरितगृह ग्यासले सूर्यको प्रकाश अवशोषित गर्छ र पृथ्वीको तापक्रम बढाउँछ ।

मङ्लबार, ७ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे