Trending
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गर्नु भएको छ ।
प्रतिनिधिसभामा आज भएको विश्वासको मतको प्रस्तावमाथि मतदान हुँदा प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ मत र विपक्षमा ८९ मत र मत दिन्न भन्ने पक्षमा एक मत परेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
आजको प्रतिनिधि सभा बैठकमा कूल २६२ सांसद उपस्थित हुनुहुन्थ्यो । प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको हो । सरकारमा सहभागी दल नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिए पछि नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिनुभएको हो ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले विश्वासको मत दिएका छन् ।