गुल्मीको तम्घासमा कोभिड–१९ को महामारी पछि कौसी खेतीमा आकर्षण बढेको छ । कोभिड–१९ को महामारी पछि आफ्नै घरको छतमा कौसी खेती गरी तरकारी उत्पादन र्फ स्थानीयहरू आकर्षित देखिएका छन् ।  कौसी खेतीको प्रवर्द्धनका लागि नगरपालिकाले समेत प्रोत्साहन गरेको छ ।

कौसी खेतीमा मौसमअनुसारका तरकारी उत्पादन हुने गरेका छन् । यसका लागि रेसुङ्गा नगरपालिका एक नम्बर वडाले विगतका वर्ष देखि नै बजेटको व्यवस्था गरेको छ । वडाले यस आर्थिक वर्षमा रु ५० हजार तरकारीका बिरुवा उत्पादन तथा वितरणका लागि छुट्टाएको थियो । स्थानीय सक्रिय महिला समूहले सोही बजेट बराबरको लागतमा तरकारीका बिरुवा उत्पादन गरी वितरण गरेका छन् ।

वडा सदस्य निर्मला खत्री र कार्यपालिका सदस्य शोभा नेपाली तथा रेडियो रेसुङ्गाका स्टेसन म्यानेजर खनिता खत्रीको विशेष उपस्थितिमा तरकारीका बिरुवा वितरण गरिएको हो । यस वडाका ६ सय घरधुरीलाई ४ वटा तरकारीका बिरुवाका दरले वितरण गरिएको हो । जसमा तिते करेला, काँक्रो, लौका, घिरौँलालगायतका बिरुवा छन् ।

सक्रिय महिला समूहले भाडामा लिएको जग्गामा नर्सरी स्थापना गरी तरकारीका बिरुवा उत्पादन गरेको थियो । यस समूहमा आबद्ध २१ जना महिला सदस्यले नर्सरीमा बिरुवा उत्पादन गर्नुभएको थियो । तरकारीका बिरुवा उत्पादनका लागि समूहले नर्सरी स्थापना, बीउ खरिद, बाहिरको कुमारी माटोको व्यवस्थापन, मल, बालुवा, प्लास्टिक गुम्बोज, थुँगा, बाँस, जार, पानी, औजार खरिद गरेको थियो ।

“कोभिड १९ को महामारीपछि निकै सचेत भएको छौँ ।” समूहकी अध्यक्ष कल्पना पन्थीले भन्नुभयो, “कोभिड १९ को समयमा घरबाहिरको तरकारी प्रयोग गर्न पनि डर लाग्यो । जसका कारण आफ्नै घरको छतमा कौसी खेतीमा लाग्न उत्प्रेरित भयौँ । व्यावसायिक रूपमा उत्पादन नभए पनि घरको आत्मनिर्भरका लागि निकै मद्दत पुर्‍याएको छ ।” आफ्नै घरमा उत्पादन भएका ताजा तरकारी प्रयोग गर्न पनि प्रेरणा मिलेको अध्यक्ष पन्थीले बताउनुभयो ।

आइतवार, ५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे