File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सोमबारको प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ।

आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबार (भोलि) शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो।

पहिला ९९.२५ प्रतिशत सांसदको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले सोमबार सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभएको हो। उहाँले भन्नुभयो, ‘‘मैले त आशाको कुरा गर्दा पहिला विश्वासको मत लिँदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ।’’

प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। उहाँलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन्।

आइतवार, ५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे