सरकारले यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षाको तयारी तीव्र बनाएको छ ।

चैत १७ गतेदेखि सुरु हुने परीक्षाका लागि वाग्मती र गण्डकीबाहेक सबै प्रदेशमा प्रश्नपत्र पुर्‍याइसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका डेपुटी कन्ट्रोलर लोकनाथ आचार्यका अनुसार प्रश्नपत्र पुग्न बाँकी दुईवटा प्रदेशमा तीन दिनभित्र पुर्‍याउनेगरी तयारी भइरहेको छ ।

यसवर्षको एसईईमा छात्र दुई लाख ६० हजार ६६४ र छात्रा दुई लाख ५५ हजार ९१३ जना गरी कूल पाँच लाख १६ हजार ५७७ जना परीक्षार्थी सहभागी हुँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १५ जना विद्यार्थी परीक्षामा सहभागी हुने आचार्यले जानकारी दिनुभयो  ।

एसईईमा सहभागी हुने पाँच लाख बढी विद्यार्थीका लागि दुई हजार ३८ वटा परीक्षा केन्द्र तोकिएको छ । सबैभन्दा बढी परीक्षा केन्द्र वाग्मती प्रदेशमा ७३४ वटा राखिएको छ भने सबैभन्दा कम कर्णालीमा १७९ वटा छन् । यसवर्ष कर्णालीबाट सबैभन्दा कम ४१ हजार ३२९ जना विद्यार्थी एसईईमा सहभागी हुँदै छन् ।

 

आइतवार, ५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !