गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ । “न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भन्नुभयो, “यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।” केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण गर्न सहज हुने जनाइएको छ ।

जिल्लामै फलफल आँप, लिची र तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र सङ्कलन तथा बिक्री केन्द्र नहुँदा किसानलाई समस्या हुँदै रहेको थियो ।

किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा दीपेन्द्र महतोले जानकारी दिनुभयो । “ सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, हामीले ठाउँ छनोट गरिसकेका छौँ, निर्माणको ठेक्का बन्दोबस्त पनि लागिसकेको छ”, उहाँले भन्नुभयो, “अबका १८ महिनाभित्र अत्याधुनिक कृषि उपज सेन्टर निर्माण सम्पन्न भइसक्नेछ ।” केन्द्र निर्माणका लागि सरकारले रु सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ को ठेक्का बन्दोबस्त गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।

केन्द्र निर्माणका लागि काठमाडौँ स्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेश पाएको छ । कृषि उपजको व्यापार गर्नेलाई समेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख डा महतोको भनाइ छ ।

नगरका विभिन्न १२ वडा क्षेत्रका करिब ५० भन्दा बढी बस्ती विभिन्न मौसमी–बेमौसमी तरकारी उत्पादनका लागि उम्दा मानिन्छन् । त्यसैगरी आँप र लिचीसहितका फलपलको पनि गौशाला नगर क्षेत्र पकेट क्षेत्र रहँदै आएको छ । केन्द्र निर्माणले किसान बढी लाभान्वित हुने कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ ।रासस

आइतवार, ५ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे