Trending
संखुवासभाको दुईवटा सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरीएको छ । जिल्लाको पाँचखपन नगरपालिकाका वार्ड नम्वर–४ स्थित जनकल्याण आधारभुत बिद्यालय होक्से र सगरमाथा आधारभुत बिद्यालय खप्टुवाका बालबालिकालाई शैक्षिक सामाग्र वितरण गरीएको हो ।
स्थानीय युवाहरुको सकृयता र देश बिदेशमा रहेका स्थानीयवासिन्दाको सहयोगमा ब्याग, ज्याकेट, ट्र्याकसुट, टिसर्ट, जुक्ता, टाई, बेल्ट, स्टेशनरीलगायतका शैक्षिक सामाग्री बितरण गरीएको स्थानीय समाजेवी सुरेन्द्र तामाङले बताउनुभयो । दुर्गम क्षेत्रमा पढ्ने बालबालिका आर्थिक रुपले बिपन्न हुने भएका कारण उनीहरुलाई पढाईमा सहयोग गर्ने उद्धेश्यले शैक्षिक सामाग्री बितरण गरीएको हो ।
आर्थिक अभावका कारण किताव, कापी र आवश्यक स्कुल युनिर्फम किन्न बालबालिकालाई समस्या पर्ने र बीचमै कक्षा छाड्ने क्रम बढेसंगै गाउँका यी दुईवटा स्कुलमा शैक्षिक सामाग्री बितरण गरीएको हो । शैक्षिक सामाग्री र स्कुल ड्रेस पाएपछि बालबालिका खुशी भएका थिए ।
दुर्गम क्षेत्रमा पढ्ने बालबालिकालाई सहयोग जुटाउन सके उनीहरुलाई हौसला पनि बढ्ने स्थानीय सुरेन्द्र तामाङले बताउनुभयो ।