संखुवासभाको दुईवटा सामुदायिक बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरीएको छ । जिल्लाको पाँचखपन नगरपालिकाका वार्ड नम्वर–४ स्थित जनकल्याण आधारभुत बिद्यालय होक्से र सगरमाथा आधारभुत बिद्यालय खप्टुवाका बालबालिकालाई शैक्षिक सामाग्र वितरण गरीएको हो ।

स्थानीय युवाहरुको सकृयता र देश बिदेशमा रहेका स्थानीयवासिन्दाको सहयोगमा ब्याग, ज्याकेट, ट्र्याकसुट, टिसर्ट, जुक्ता, टाई, बेल्ट, स्टेशनरीलगायतका शैक्षिक सामाग्री बितरण गरीएको स्थानीय समाजेवी सुरेन्द्र तामाङले बताउनुभयो । दुर्गम क्षेत्रमा पढ्ने बालबालिका आर्थिक रुपले बिपन्न हुने भएका कारण उनीहरुलाई पढाईमा सहयोग गर्ने उद्धेश्यले शैक्षिक सामाग्री बितरण गरीएको हो ।

आर्थिक अभावका कारण किताव, कापी र आवश्यक स्कुल युनिर्फम किन्न बालबालिकालाई समस्या पर्ने र बीचमै कक्षा छाड्ने क्रम बढेसंगै गाउँका यी दुईवटा स्कुलमा शैक्षिक सामाग्री बितरण गरीएको हो । शैक्षिक सामाग्री र स्कुल ड्रेस पाएपछि बालबालिका खुशी भएका थिए ।

दुर्गम क्षेत्रमा पढ्ने बालबालिकालाई सहयोग जुटाउन सके उनीहरुलाई हौसला पनि बढ्ने स्थानीय सुरेन्द्र तामाङले बताउनुभयो ।

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !