पूर्वी नवलपरासी जिल्ला वन डढेलोको उच्च जोखिममा रहेकाले सबै सचेत हुन आवश्यक रहेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहन राज काफ्लेले बताउनुभयो । नवलपुर वन डढेलो जोखिम उच्च जिल्लाहरू मध्ये १६ औँ स्थानमा रहेकाले डढेलोबाट वन जोगाउन सबै व्यक्ति सचेत हुन आवश्यक रहेको बताउनुभयो ।

वन जङ्गलमा सुख्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपाय अपनाउनु विषयबारे सरोकारवालाहरूलाई जानकारी गराउने उद्देश्यले वन डढेलो व्यवस्थापन तथा वन संरक्षण सम्बन्धी सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै समयमा नै यसतर्फ सचेत हुन आग्रह समेत गर्नुभयो ।

गर्मीयाम सुरु भएसँगै वन डढेलोको जोखिम रहने भन्दै उहाँले विश्वव्यापी रूपमा वन डढेलोको प्रभाव, नेपाल र नवलपुरमा वन डढेलोका कारण हुने गरेको क्षति, प्रभाव, वन डढेलोबाट वन जोगाउन खेल्नुपर्ने भूमिका र यसका चुनौतीका विषयमा आफ्नो प्रस्तुतीकरण राख्नुभएको थियो ।

यस्तै, नेपालमा मानवीय कारणले गर्दा बढी वन डढेलो भएको बताउनुभयो । मानवीय कारणले ९६ प्रतिशत, १ प्रतिशत प्रकृति र ४ प्रतिशत वन डढेलोका कारण थाहा नभएको बताउनुभयो ।

वन संरक्षण र वन डढेलोबाट वन जोगाउन सवालमा सञ्चार माध्यमले सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गरी मानिसलाई सचेत बनाएर वन संरक्षणमा ठूलो भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

घाँस पलाउने, च्याउ आउने भन्ने धारणका कारण वनमा आगो लगाउने, वन्यजन्तुको शिकारका लागि समेत कतिपयले वनमा जानाजान आगो लगाउने गर्दा ठूलो वन विनाश हुने गरेकाले समुदायले यस्ता प्रवृत्ति रोकथामका लागि काम गर्न सक्ने छन् ।

वनमा आगो लागे समुदाय स्तरबाट समेत समयमै अग्रसरता लिएर नियन्त्रण गर्न सकिनेछ । वन समिति समेत यो समयमा वनमा हुने आगलागी नियन्त्रणका लागि चनाखो बन्न आवश्यक रहेको छ ।

वन डढेलोले वनको क्षतिमात्रै नभए समग्र वातावरणीय रूपमा नकारात्मक प्रभाव पार्नसक्ने भएकाले यसतर्फ सबै सरोकारवाला सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्राकृतिक कारणसहित मानिसको हेलचेक्र्याइँले वनमा डढेलो लाग्ने हुँदा मानवीय कारणबाट हुने डढेलो नियन्त्रणका स्थानीय समुदायको महत्त्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो ।

कुनै स्थानमा डढेलो लागि हाले समयमै स्थानीय रूपमा नियन्त्रणका पहल गर्ने सकिने र वन कार्यालय सहित सुरक्षा निकायमा जानकारी गराए थप क्षति हुन जोगाउन लाग्नुपर्ने उहाँले बताउनुभयो ।

डढेलोले जन धन, वन र जैविक विविधता तथा पारिस्थितिक प्रणालीमा समेत क्षति गर्ने हुँदा यसको रोकथाममा उपभोक्ता, वन हेरालु र वन उपभोक्ताको उपसमिति, सेनालगायत सबैको जिम्मेवारी रहेको बताउनुभयो । नवलपुर जिल्लामा ५८ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ ।

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे