चिशंखुगढी गाउँपालिका–२ पोखरेका नारदप्रसाद घिमिरे तीन वर्ष वैदेशिक रोजगारमा बिताएर गाउँ फर्केर २०६७ देखि तरकारी र केही बोट सुन्तला, कागती रोपे । थोरै मात्रामा गरिएको खेतीले उनलाई ठूलो हौसला मिल्यो । त्यसपछि भने घिमिरे तरकारी खेतीको क्षेत्रफल बढाउनतर्फ लागे ।

अहिले उनको बारीमा गोलभेंडा, काउली, बन्दा, रायो, केराउ, करेला, काँक्रा, आलुलगायत कुनै न कुनै तरकारी बाह्रैमास हुन्छ । सिजनमा फलफूल पनि बेच्छन् ।

‘एक वर्षमा एक/डेढ लाख नगद तरकारी एवं फलफूलबाटै हुन्छ,’ घिमिरेले भने, ‘कमाइले सामान्य घरपरिवार चलाउने र केटाकेटी पढाउन पुगेको छ ।’ गाउँमा एक्लै तरकारी खेतीमा लाग्दा बेच्न लैजाँदा समस्या भएपछि उनले समूह गठन गरे । गाउँका २६ जना मिलेर खोलेको सयपत्री कृषक समूहका सचिव हुन् उनी । ‘समूह भए पछि कुनै समस्या भएमा कृषि प्राविधिक बोलाउन सजिलो भयो,’ उनले भने, ‘उत्पादित तरकारी बिक्री गर्न समूहमै संकलन गरेर लान गाडी रिजर्भ गर्न पनि सजिलो ।’ सयपत्री समूहकै २१ जनाले प्लास्टिक टनेल लगाएर गोलभेंडा खेती गरेका छन् । एक वर्षमा समूहले १० देखि १५ लाखको गोलभेंडा उत्पादन गर्छन् ।

सिद्धिचरण नगरपालिका–६ की फूलमाया मगरले वर्षमा ६–७ रोपनी क्षेत्रफलमा बुङ आलु रोप्छिन् । १० देखि १५ मुरी आलु फलाउँछिन् । आलुबाहेक आफ्नो करेसा वरपर बन्दा, काउली, रायो, गाजर पनि लगाउँछिन् । आलु, काउली फल्ने सिजनमा करेसाबाटै १०–१५ हजारको तरकारी बेच्छिन् । उनी सेतीदेवी आलु बीउ वृद्धि कृषक समूहमा आबद्ध छिन् । समूहमा ३१ जना कृषक जोडिएका छन् । ‘प्रायः सबै कृषकलाई प्राविधिक होस् या बजारको उस्तै समस्या हुन्छ,’ फूलमायाले भनिन्, ‘समूहमा आबद्ध भएपछि समस्या समाधान गर्न, छलफल गर्न सजिलो भएको छ ।’

सिद्धिचरण–६ कै डम्बरकुमारी मगर सोही समूहकी सदस्य हुन् । उनी वर्षमा एक लाख ५० हजारसम्मको आलु बेच्छिन् । च्याउ, साग, गान्टे मुला, बन्दा, काउली, गाजरजस्ता तरकारी बिक्री गर्छिन् । उनी पनि समूहमा कृषि गर्दा सहज हुने गरेको बताउँछिन् । तरकारी खेतीको कृषक समूह भएपछि स्थानीय तहको कृषि शाखा, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) लगायतले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ ।

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा