Trending
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवसाय मैत्री कानून निर्माणका लागि आफू सधै तयार रहेको बताउनुभएको छ ।
शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मुलुक भित्रै उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको उहाँले बताउनुभयो । व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दिगो विकासमा अझै बढी योगदान पुर्याउन पनि उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सहि बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने उहाँले बताउनुभयो ।