नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन र विचार मिल्नेहरुबीच गठबन्धन हुनसक्ने बताउनुभएको छ ।

मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्नुहुँदै उहाँले देशको आर्थिक अवस्था सुधार्न विचार मिल्ने पार्टीबीच एकता हुने बताउनुभयो ।

उहाँले आफ्नो गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो गल्ती महसुस नहुने, आफ्नो गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन”, उहाँले भन्नुभयो ।

उहाँले गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीहरुबीच अहिलेको गठबन्धन बनेको बताउनुभयो । “देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो । संविधानको रक्षा देशको अर्थतन्त्रको सुधार अहिलेको गठबन्धन दलमा आबद्ध दलहरूको साझा एजेन्डा हो”,उहाँले भन्नुभयो ।

उहाँले अझै पनि नेपालमा कम्युनिष्टहरू लोकप्रिय रहेकाले विचार मिल्ने कम्युनिष्टहरू एक हुनुपर्नेमा पनि जोड दिनुभयो । जिल्ला सचिव विनोद खनालले यो जिल्ला अधिवेशन पार्टीको देशभरमा पहिलो अधिवेशन रहेको जानकारी दिनुभयो । कार्यक्रममा स्थायी कमिटी सदस्य घनश्याम भुसाललगायत सहभागी हुनुहुन्छ ।

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो