कपिलवस्तुमा संसारकै अग्लाे (२४५ मि.) बुद्धकाे मूर्ति बन्ने भएकाे छ । कपिलवस्तु नगरपालिकाभित्र बुद्धको मूर्तिसहित पार्क निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । समझदारी पत्रमा अन्तर्राष्ट्रिय बौद्धिष्ट सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवार्ड, सेन्टरका नेपाल प्रतिनिधि मोहन गौतम र कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले हस्ताक्षर गरेका छन् ।

जसमा कपिलवस्तु नगरपालिकाले बुद्धको प्रतिमा बनाउने ठाउँ, प्रतिमाको साइज पहिचान गरी कार्यपालिकाले पारित गर्नेछ र नेपालको प्रचलित कानुन अनुसार सम्बन्धित सरकारबाट सम्बन्धन लिइनेछ । त्यस्तै ठाउँ निश्चित भएपछि इन्टरनेशनल बुद्विष्ट सेन्टरले आर्थिक प्रस्तावना तयार पार्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले विश्वकै ठूलो बुद्व मूर्तिले विश्वकै ध्यान तान्ने बताए । परियोजनाले सिगो लुम्बिनी प्रदेशका लागि  कोसेढुङगा साबित हुने बताए । उनले परियोजनाले कपिलवस्तुवासीहरूलाई आम्दानीसँग पनि जोड्न सक्ने बताए । साथै परियोजनाका लागि विदेसी उत्साहका साथ लाग्नुभएको उनको भनाइ छ । परियोजना सफल बनाउन प्रदेश सरकारले समेत अपनत्व लिने मन्त्री पन्थीले बताए ।

सेन्टरका प्रमुख चोइङ क्विइ सेङ स्टेवाडले सहमति पत्रमा हस्ताक्षर भएको दिनलाई महत्त्वपूर्ण दिन र काम भएको बताए । प्राचीन कपिलवस्तुमा बुद्धको मूर्ति निर्माणको काम गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए ।

सो अवसरमा बोल्दै चिनिया धर्मगुरु छ्याङ पिङले पावन भूमिमा आउन पाउनु निकै खुसी महसुस भएको बताए । कपिलवस्तु नगरपालिकामा कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल भएकोले यो भूमि निकै नै महत्त्वपूर्ण रहेको उनले बताए । यस परियोजनाले चीन र नेपालको सम्बन्धलाई अझै प्रगाढ बनाउने उनले बताए । उनले भने  “कमलको फूल झैँ बुद्धको ज्ञान संसारभर नै फैलिएको छ ।”

विश्वको सबैभन्दा ठूलो मूर्ति नगरमा बन्ने भएपछि गर्वको विषय रहेको नगरप्रमुख सुदीप पौडेलले बताए । लुम्बिनी आउने पर्यटकहरू मूर्ति हेर्न यहाँ आउने नै हुने छन् भन्ने विश्वास लिएको उनले बताए । पर्यटकको सङ्ख्या बढेपछि पक्कै नै यस क्षेत्रको सामाजिक, आर्थिक उन्नति हुने उनको भनाइ छ ।

 

शनिबार, ४ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे