गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यसहितको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटमा कार्यकारी अध्यक्ष थापाले राष्ट्रपति पौडेललाई विश्वभरका गैरआवासीय नेपालीको प्रतिनिधित्व गर्दै संघको तर्फबाट सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।

अध्यक्ष थापाले लामो समयदेखि संघले उठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराइन् ।

आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गरे । यसैगरी संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहेपनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियानबारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने पौडेलको भनाई थियो । राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताउँनुभयो ।

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे