file photo

नमोबुद्ध नगरपालिकाले दीर्घकालीन योजनासहित कृषि रणनीति तय गर्ने भएको छ । ‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’ भन्ने नारासहित पालिकाले कृषि रणनीति तय गर्न लागेको हो ।

नगरको वर्तमान कृषिको वस्तुस्थिति विश्लेषण गरी आगामी वर्षका लागि आवधिक योजनासहति रणनीति तर्जुमा गर्न लागिएको नगर प्रमुख कुनसाङ लामाले जानकारी दिनुभयो । सबै क्षेत्रलाई योजनाबद्ध विकास गर्ने उद्देश्यअनुरुप कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि कृषि रणनीति तयार गर्न लागिएको उहाँले बताउनुभयो ।

रणनीतिक कृषि योजनामा भूगोल सुहाउँदो कृषि, उत्पादन र उत्पादकत्व बढाउने, लागत घटाउनेलगायत विषय समावेश हुनेछन् । योजना निर्माणका लागि कार्यतालिकासहित जिम्मेवारी बाँडफाँट गरिएको नगरपालिकाको आर्थिक विकास समितिका संयोजकसमेत रहनुभएका वडा नं. ३ का अध्यक्ष रमेश तिवारीले बताउनुभयो ।

कृषि योजना तर्जुमाका लागि ‘फोकल पर्सन’को व्यवस्था गरी पालिकाभित्र सरोकारवाला निकाय र नागरिकसँग छलफल गरिएको छ । छलफल, अध्ययन तथा दस्तावेजका आधारमा छिट्टै तथ्याङ्क सङ्कलन गरिने जनाइएको छ ।

योजनाका लागि पालिकाले कृषि शाखाको समन्वयमा स्थानीय जनप्रतिनिधि, कृषि शाखा प्रमुख, विभिन्न कृषि सहकारी तथा समूहका सरोकारवालाको सहभागितामा अभिमुखीकरण कार्यक्रमसमेत गरेको छ । कार्यक्रममा नगर प्रमुख लामा, पूर्वकृषि सचिव राजेन्द्रप्रसाद भारी, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, परामर्शदाता सुवासचन्द्र ढकाल, नमोबुद्ध नगरपालिकाका योजना अधिकृत विष्णुकमार अधिकारीलगायतले योजना कार्यान्वयनमा जोड दिनुभएको थियो ।रासस

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो