अछामको तुर्माखाँद गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा करिब ४ हजार नागरिकले सेवा लिएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजना, स्वास्थ्य कार्यालय अछामको समन्वय र तुर्माखाँद गाउँपालिकाको सहयोगमा नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरू सहितको २ दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा नागरिकले सेवा लिएका हुन् ।

२ दिने स्वास्थ्य शिविरबाट २ हजार ९ सय ९ जना महिला र १ हजार १ जना पुरुष गरी जम्मा ३ हजार ९ सय १० जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले बताउनुभयो । शिविरमा बिरामीहरूको स्वास्थ्य जाँचका साथै आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो ।

स्वास्थ्य शिविरबाट रोगको पहिचान भई थप उपचार तथा अप्रेसन गर्नुपर्ने बिरामीहरूलाई अप्रेसन र थप उपचारका लागि विभिन्न अस्पतालमा रेफर गरिएको छ । रेफर भएका बिरामीहरूको नेपालगन्ज मेडिकल कलेजले विशेष छुटमा उपचार गर्ने व्यवस्था मिलाएको बताइएको छ ।

यसै बिच स्वास्थ्य शिविरका लागि परिचालन भएका विशेषज्ञ सहितको टोलीलाई एक कार्यक्रमका बिच बिदाइ गरिएको छ । शिविरको समापन गर्दै औपचारिक रूपमा बिदाइ सहित उनीहरूलाई धन्यवाद ज्ञापन गरिएको हो ।

शिविरको समापन तथा बिदाइ समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष डम्बर बि.सी.ले बिकट बस्तीमा स्वास्थ्य सेवा प्रवाहका लागि खटिएका सबै स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्दै शिविरबाट सर्वसाधारणलाई राहत मिलेको बताउनुभयो ।

गाउँपालिकाका सर्वसाधारण तथा नागरिकहरूलाई गाउँठाउमै अन्य सेवा तथा सुविधा प्रदान गर्न आगामी दिनमा पनि यस्ता शिविर तथा कार्यक्रमको आयोजना गर्ने गाउँपालिका अध्यक्ष बि.सी.ले प्रतिबद्धता जनाउनुभयो । रासस

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान