पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् ।

“रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले अत्यधिक बढेको गर्मीबाट राहत मिलेको छ”, भङ्गाहा नगरपालिका–५ सीतापुरका ९२ वर्षीय मानबहादुर भुजेल भन्नुहुन्छ, “रुख बिरुवाका पातमात्रै भिजाए पनि अहिलेको वर्षा अमृतसरह बनेको छ ।” यसपालि पूरै हिउँद पानी नपरी बितेका बेला लाग्दो चैतमै आज बिहान सिमसिमे पानी परेको हो ।

आजको वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पात भिजाएको, फलफुलका बोट (आँप, लिची)  का मज्जर (मञ्जरी, फुल) र पातमा लागेका किरा, धब्बा पखालेको किसानले बताएका छन् । “मुख्य त आँपमा मधुवा (मज्जरमा लाग्ने एक प्रकारको रोग) लाग्ने डर रहेकाबेला पानीले हाँगा, पात, मज्जरका धब्बा, माकुराको जालो पखाली दिएको छ”, बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगर भन्नुहुन्छ, “यसले मधुवाको प्रकोप हुन दिँदैन भन्ने आश छ ।”

जग्गामा चिस्यान हुनेगरी वर्षाको आशमा रहेका यहाँका किसानले सुक्खा भएको जग्गा खनजोत गर्न भने अझै पर्खनुपर्ने भएको छ । चिस्यान हुनेगरी पानी पर्नासाथ महोत्तरीको उत्तरीक्षेत्रका किसान बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने ताक (समय)को पर्खाइमा छन् ।

“सबै ठिक हुनेगरी हिसाब गरेर कहाँ प्रकृति चल्दो रहेछ र रु”, भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय वृद्ध किसान चौठी सर्दार बाँतर भन्नुहुन्छ, “मुख्य कुरा प्रचण्ड गर्मीले काममा निस्कन सकिएको थिएन, हल्का वर्षाले यसमा राहत दियो ।” अन्य बालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउन पर्ने बाँतर बताउनुहुन्छ ।
रासस

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान