ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जंगलमा यति बेला गुराँस ढकमक्क फुलेको छ ।

गत वर्ष झैँ यसवर्ष पनि यहाँका डाँडापाखा राताम्मे हुनेगरी विभिन्न प्रजातिका गुराँसहरू फुलेको हुन् । यहाँको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा र चुली मन्दिर आसपासको डाँडाकटेरी लगायतका क्षेत्रमा बढी गुराँसहरू फुल्ने गर्छन् ।

गुराँस फुलेपछि यहाँका पहाडी डाँडापाखा सुन्दर र आकर्षक देखिन थालेका छन् । उचाइका आधारमा माघदेखि वैशाख महिनासम्मै यहाँ गुराँस फुल्ने गरेको छ । गुराँस फुल्दा यहाँका ग्रामीण बस्ती समेत सजिसजाउ देखिन थालेका छन् ।

पहाडी क्षेत्रमा फुल्ने गुराँसका धेरै प्रजाति यहाँ पाइए पनि यसको अध्ययन भने हुन सकेको छैन । गुराँस फुलेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटनको म्भावना भए पनि प्रचारप्रसारकाे अभावका कारण पर्यटकहरू पुग्न नसकेको खिजीदेम्बा गाउँपालिकाका उपाध्यक्ष सुशीला तामाङले बताउनुभयो ।

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान