सभामुख देवराज घिमिरेले संसद्लाई प्रभावकारी बनाउनका लागि आफू जिम्मेवार भएर लागि पर्ने बताउनुभएको छ ।

संघीय संसद् सचिवालय सिंहदरबारमा आज नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूसँगको भेटमा सभामुख घिमिरेले धेरै दलहरू संलग्न अहिलेको संसदमा चुनौतीहरू पनि धेरै रहेको भन्दै संसद्लाई व्यवस्थित बनाउन राजनीतिक दल र नेताहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

सभामुख घिमिरेले प्रभावकारी कानुन निर्माणका लागि सांसदहरु बढी जिम्मेवार बन्नुपर्ने भन्नुहुँदै सरोकारवालासँग छलफल गरेर समयानुकूल कानुन बनाउने सन्दर्भमा आफूले पहल गर्ने बताउनुभयो ।

भेटमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतले सञ्चार सम्बन्धी ऐन र कानुनहरु समयमा आउन नसक्दा समस्या भइरहेकोभन्दै संसद्बाट सञ्चार सम्बन्धी ऐनहरूलाई समयमा नै निष्कर्षमा पुर्‍याउने विषयमा सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो ।

शुक्रबार, ३ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो