खुम्बुस्थित ५ हजार मिटर उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र खस्किँदो अवस्थामा छ ।

प्रयोगशालालाई सरकारले पूर्ण स्वामित्वमा सञ्चालन गर्न नसक्दा जलवायु, वातावरण, भू-विज्ञान लगायत क्षेत्रको अध्ययन, अनुसन्धानका ल्याब स्टेशन प्रभावित बनेका छन् ।

सोलुखुम्बु जिल्लाको खुम्बुस्थित ५ हजार मिटर उचाइमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र एक मात्र उच्च स्थानमा रहेको अनुसन्धान केन्द्र हो ।

हालसम्म विभिन्न मुलुकका १ सय ४३ वैज्ञानिक संस्था, २ सय २० अनुसन्धानकर्ताद्वारा ५ सय २० वैज्ञानिक अध्ययन, अनुसन्धानका कार्य यस केन्द्रबाट पुरा भइसकेका छन् ।

हाई अल्टीच्यूटमा रही वैज्ञानिक क्षेत्रको अध्ययन अनुसन्धानले विश्व समुदायलाई फाइदा पुर्‍याउने उद्देश्यले इटाली सरकारको आर्थिक र प्राविधिक सहयोगमा जलवायु, वातावरण, भू-विज्ञान, मौसम, प्रदूषण क्षेत्रको अध्ययन, अनुसन्धानका लागि सञ्चालन गरिएको प्रयोगशाला अहिले नाजुक अवस्थामा छ ।

५ हजार ७० मिटरको उचाइमा रहेको नेपाल क्लाइमेट अभ्जभरी स्टेशनमा ओजन, कार्वनडाईअक्साइड, मर्करी (सौर्य प्रणाली),(ग्लोबल पोजस्नीङ सीस्टम) जिपिएस लगायत स्टेशन राखिएका छन् । जहाँ प्रदूषणको मात्रा मापन हुन्छ । तर हाल यस स्टेशनमा प्रयोग गरिने प्राविधिक सामग्री केही बर्ष यता प्रयोगविहीन छन् ।

विभिन्न कारण देखाउँदै इटाली सरकारबाट प्राप्त हुने आर्थिक र प्राविधिक सहायता बन्द भएपछि स्टेशनका प्रविधिहरू थन्काएर राख्नुपर्ने अवस्था आएको अनुसन्धान केन्द्रका प्रबन्धक काजी बिष्ट बताउनुहुन्छ । आर्थिक सहायता प्राप्त हुन छोडेपछि स्टेशनमा कार्यरत कर्मचारी, प्राविधिकहरूले पनि काम छाडिसकेको प्रबन्धक विष्टले बताउनुभयो ।

रियलटाईममा तथ्याङ्क लिन जडान गरिएका उपकरण र उपकरणको प्रयोग पनि अन्तर्राष्ट्रिय सहायतामा सञ्चालन गरिएकाले नेपालले आफ्नो स्वामित्वमा लिई अध्ययन अनुसन्धान गर्न भने सरकारले आर्थिक लगानीसहित तथा दक्ष प्राविधिक, र वैज्ञानिकहरूलाई काममा लिन सक्नुपर्ने विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्रवक्ता एवम् वरिष्ठ प्राविधिक रवीन्द्र प्रसाद ढकालले बताउनुभयो  ।

इटालियन सरकार अन्तर्गत इबिकेटु सीएनआर र नेपाल सरकार अन्तर्गत नास्टको सहकार्यमा सञ्चालित अनुसन्धान केन्द्र उच्च पर्यावरणमा स्थापित अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्रको उचित व्यवस्थापन र सञ्चालनमा गर्नसके अध्ययन अनुसन्धानको क्षेत्र र विश्व समुदायका वैज्ञानिकहरूका लागि यस केन्द्र एक महत्वपूर्ण अवसरका रुपमा परिणत हुनसक्ने अनुसन्धानकर्ता बताउनुहुन्छ ।

बिहिबार, २ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो