हिमाली जिल्ला हुम्लाका उच्च स्थानका साथै लिमीमा हिमपात भएको छ । बिहीबार बिहानैबाट मौसम बदली भएपछि दिउँसोबाट हिमपात सुरु भएको हो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यकामा हिमपात भएको बताउनुभयो । सुरुमा पानी परे पनि अहिले हिउँ जम्न थालेको उहाँको भनाइ छ । हिमपात भए पनि लिमीका दुई वटा विद्यालयहरू भने सुचारु छन् ।

हिउँ जम्न सुरु भएपछि लिमी सेताम्मे देखिएको छ । उहाँले हिमपातसँगै चिसो बढेर तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको बताउनुभयो । यो हिमपातले खेतीपातीको समय भएको कारण किसान भने खुसी भएका छन् ।

लिमीका लागि यो हिमपात चौथो पटक हो । यसैबीच जिल्लाका उच्च स्थानमा समेत हिमपात भएको छ । नाम्खा गाउँपालिकाको यारी, चाला, न्यालु, लेकधिङ्गा र सिमकोट गाउँपालिकाको रलिङ, पन्चमुखी हिमाल लगायतका उच्च स्थानमा हिमपात भएको हो ।

दक्षिणी क्षेत्रमा भने हल्का वर्षा भएको छ । यस वर्ष जिल्लामा हिमपात अझ कमै भएको स्थानीयको भनाइ छ ।

बिहिबार, २ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो