बबई गाउँपालिका–७ की ४८ वर्षीया शारदा गन्धर्व अचेल बिहानदेखि तरकारी बारीमा काम गर्न व्यस्त हुनुहुन्छ । अहिले उहाँमात्र होइन यहाँका अतिविपन्न समुदायका १० महिला पनि उहाँसँगै तरकारी खेतीमा व्यस्त हुन्छन् ।

उहाँले भन्नुभयो, “सरकारले हामीलाई घर त बनाइदिएको छ, तर गरी खाने अवस्था सहज छैन, त्यसैले खाना तथा घर खर्च चलाउनका लागि अहिले १० जना मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छौँ ।” उहाँहरुले यहाँका एक व्यक्तिको दुई बिघा जमिन वार्षिक रुपमा भाडामा लिएर तरकारी खेती गर्नुभएको छ ।

मासिक रु ३० हजारमा जग्गा भाडामा लिएर गरेको शारदाले बताउनुभयो । “आफूहरुले अहिलेसम्म उत्पादन गरेको तरकारी केही बारीबाट र केही हापुरे बजार लगेर बिक्री गर्न सफल भयौँ, आम्दानी पनि राम्रो भयो”, उहाँले भन्नुभयो, “अहिले खुसी पनि छौँ, घरमा खर्च चलाउन सजिलो भएको छ, अब तरकारी खेतीमा रमाएर राम्रो आम्दानी गर्न अझै मेहनत गर्छाै, बेमौसमी तरकारी खेती पनि गर्छौं ।”

सोही ठाउँमा तरकारी खेती गर्नुभएकी ४५ वर्षीया वसन्ती गन्धर्वले पनि तरकारी खेतीले आफ्नो दैनिकी धान्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि हाम्रो घरबास त थियो तर, दैनिक रुपमा जीवन चलाउनका लागि कुनै माध्यम थिएन, अहिले भने सहज भएको छ, पर्याप्त सिँचाइ, आधुनिक कृषि औजार नहुँदा भने समस्या हुने गरेको छ ।”

सोही समूहमा तरकारी खेती गर्नुभएकी ४० वर्षीया गीता वादीले आफू यसअघि पनि तुलसीपुर बजारमा बसेर विगत १० वर्षसम्म मकै पोलेर बिक्री गरी जिवन निर्वाह गर्दै आएको भए पनि अहिले भने तरकारी खेतीतर्फ आकर्षित भएको बताउनुभयो । “अहिले आफ्नै ठाउँ गाउँमा तरकारी खेतीमा रम्न पाउँदा निकै खुसी छु, मेहनतअनुसार आम्दानी पनि गर्न सकेका छौँ, आफूहरुले गरेको तरकारी खेती हेर्न अहिले धेरै आउनुहुन्छ, केही समयअघि गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षसहितको टोली आयो, उहाँहरुलाई आफैले उत्पादन गरेको टमाटर, भन्टा, आलु तरकारीको माला लगाएर स्वागत गर्यौँ, त्यसबाट पनि निकै खुसी लाग्यो”, उहाँले भन्नुभयो ।रासस

बुधबार, १ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो