म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको १४ मेगावाटको घार खोला जलविद्युत आयोजनाको काम ९७ प्रतिशत सकिएको छ । कम्पनीले म्याग्दी जिल्लाको घारखोलामा २०७५ साल देखि निर्माण सुरु गरेको उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

निर्माणाधीन आयोजनाको सिभिल संचनाको काम ९९ प्रतिशत सकिएको आयोजना प्रमुख विनोद देवकोटाले बताउनुभयो । ‘आयोजनको बाँध र टनेलको सिभिल संरचनाको काम सकिएको छ’ उहाँले भन्नुभयो, ‘अहिले सुरुङको अन्तिम चरणको काम भईरहेको छ, बाँकी काम १० दिनभित्र सकिनेछ ।’

विद्युतगृहको सिभिल संरचनाको काम पुरा गरी मुख्य उपकरण जडानको काम भइरहेको कम्पनीले जनाएको छ । प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ । आगामी चैतभित्रमा उत्पादन परीक्षण सुरु गर्ने लक्ष्यका साथ धमाधम कामहरू अघि बढीरहेको छ ।

आयोजनाको सबै काम पुरा गरेर चैतभित्र उत्पादन परीक्षण सुरु गर्ने लक्ष्य रहेको देबकोटाले बताउनुभयो ।आयोजनाबाट उत्पादन हुने विद्युत ३३ केभी प्रसारणा लाइनमार्फत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेनमा जोडिनेछ । सबस्टेसनमा सिभिलको काम सकिएर उपकरण जडानको काम भइरहेको छ ।

४ वर्ष अघिदेखि निर्माण सुरु भएको आयोजनाबाट यसअघि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, युक्रेन र रसियाको युद्धले इलोक्ट्रोमेकानिकल उपकरण आयातमा प्रभावलगायत विविध कारणले तालिका सरेको देवकोटाले बताउनुभयो । पछिल्लो तालिका अनुसार आयोजनाबाट २०७९ चैतभित्र विद्युत उत्पादन गर्नुपर्नेछ ।

बुधबार, १ चैत्र, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा