सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाँगिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।

सप्तरीेमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको बाेट लगाइएको छ । यसैगरी, व्यवसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फूलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र सप्तरीेका प्रमुख राजेन्द्रप्रसाद यादवले यस वर्ष आँपको ऋतु राम्रो भएको बताउनुभयो ।

“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कार्यालय प्रमुख यादवले भन्नुभयो, “यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”

सप्तरीे लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पु¥याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।

सप्तरीेमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ । यसैगरी, किसुनभोग, बम्बै, अम्रपाली, दार्जलिङ्ग, केलवा, कलकतियालगायतका अन्य जातको आँपको रुख पनि लगाइएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन् ।

सप्तरीे जिल्लाभर करिब पाँच हजार २८७ हेक्टर जमिनमा आँप लगाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो । जिल्लामा अधिकांशका बगैंचामा आँप लगाएको पाइन्छ । सप्तरीेको शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रुपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर, जोगमोहनलगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।

मङ्लबार, ३० फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा