file photo

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्नका लागि आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ ।

सोमबार बिहान पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको बताउनुभयो । उहाँले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताउनुभयो ।

उहाँले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले प्राविधिक शिक्षालाई जोड दिंदै विश्वबजारमा प्रतिष्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताउनु भयो । यसका निम्ति नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वाङ्गिण विकासको आधार स्तम्भ भएको बताउनुभयो । शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्था अनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

सोमवार, २९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !