सदरमुकाम सिमकोट बजारका लागि पानीको आपुर्ती हुँदै आएको हुमाने खोलाको मुहानमा पानी सुकेपछि उपभोक्ताहरूलाई पानीको हाहाकार भएको छ । हिउँदमा हिमपात राम्रो नहुँदा सुख्खा लागेसँगै मुहानको पानी सुक्दा पानीको समस्या भएको हो ।

सदरमुकाम समेत रहेको सिमिकोट गाउँपालिका– ५, ६ र बजारमा उक्त खोलाको पानी आपूर्ति हुँदै आएको छ । सिमिकोट बजारका उपभोक्ता अर्जुन परियारले धारामा पानी आउनै छोडेको बताउनुभयो । उहाँले दुई हप्तादेखि धारामा पानी आक्कलझुक्कल रूपमा आउने गरेको बताउँदै खोलाको मुहानको पानी सुकेपछि पानीको हाहाकार भएको बताउनुभयो । उहाँले हप्तामा एक देखि दुई दिन धारामा एक घण्टासम्म मात्र पानी आउने र बाँकी दिन पानी नै नआउने भएको कारण छिमेकी र तीन धाराबाट पानीको व्यवस्था गर्नुपरिरहेको बताउनुभयो । बर्खायाममा पानी राम्रो आउने गरेको भए पनि यस वर्ष हिउँद निक्कै कम हिमपात भएको कारण पानीको समस्या भएको बताउँदै उहाँले अझै जेठ असारमा यो समस्या झनै बढ्ने बताउनुभयो । सिमिकोट खानेपानी उपभोक्ता समितिका प्राविधिक रुपेन्द्र रोकायाले माग भन्दा मुहानबाट कम पानी आपूर्ति भई रहेको कारण खानेपानीको समस्या भई रहेको बताउनुभयो । उहाँले हिउ नपरेकै कारण मुहानमा नै पानीको स्राेत निक्कै कम भएको कारण मुहानबाट धेरै कम पानी आपूर्ति भएको कारण माग अनुसार ग्राहकलाई पानी उपलब्ध गराउन समितिलाई समस्या भएको बताउनुभयो । उहाँले पानीको मुहानमै थोरै पानी आउने भएको कारण यो समस्या आएको बताउँदै हिउँले सेताम्मे हिमालहरूमा हिउँ नभएको कारण पानीको समस्या भएको बताउनुभयो ।

समितिले पानी आपूर्ति गर्दै आएका उपभोक्ताको माग दैनिक आठ लाख लिटर रहेकोमा हाल दैनिक बिहान र बेलुका चार लाख लिटरसम्म पानी आपूर्ति गर्न सकिएको जनाएको छ । यसका लागि दुई वटा पचास हजार लिटर क्षमताका रिजर्भ ट्याङ्की, चार वटा बिस हजार लिटर क्षमताका साना ट्याङ्कीमा पानी जम्मा गरेर वितरण गरिँदै आएको छ । उहाँले वर्षायाममा साना ठुला सबै ट्याङ्कीमा पानी भरिए पनि अहिले आधा मात्र जम्मा हुने गरेको बताउनुभयो । यसबाट चार सय व्यक्तिगत धाराबाट पानी एकदेखि दुई घण्टासम्म पालो लगाएर वितरण गर्ने गरिएको समितिले जनाएको छ । अझ सार्वजनिक धारामा त पानी नै आउन छोडेको छ । यो समस्या विगतका वर्षहरूमा केही हुँदा आएको भए पनि यो वर्ष भने बढी देखिएको हो ।

सोमवार, २९ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो