पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा तिरुपति इंगलिस बोर्डिङ स्कुलले महत्वपूणर् भूमिका निर्वाह गरेको बताउनु भएको छ ।

तिरुपति इंगलिस बोर्डिङ स्कुलको १६औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उहाँले बोर्डिङ स्कुलले नेपालको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्नु भएको हो । तिरुपति स्कुलको शिक्षा क्षेत्रमा अग्रणी पहिचान बनाउन सफल भएको भन्दै आगामी दिनमा अझ गुणस्तरिय शिक्षा दिनेमा आफू ढुक्क रहेको बताउनुभयो ।

कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, निवर्तमान प्रदेस सभा सदस्य कुसुम कुमार कार्की लगायतले नेपालका अन्य स्कुल भन्दा यस बोर्डिङमा अध्ययन गर्ने बिद्यार्थीहरुको शैक्षिक स्तर र पहिचान बिशिष्ट रहेको भन्दै प्रशंसा गर्नु भएको थियो । स्कुलका प्रिन्सिपल तथा संस्थापक तेन्जिङ भोटियाले गुणस्तरिय र आधुनिक शिक्षाको बिकासकालागि आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

काठमाडौं बुढानिलकण्ठ(१०, कपनमा रहेको तिरुपति इङ्लिस बोर्डिङ हाइ स्कुल १७ औं वर्षमा प्रवेश गरेको छ । ‘संस्कारयुक्त शिक्षा, हाम्रो विशेषता’ भन्ने नाराका साथ सञ्चालनमा आएको सो विद्यालयले प्ले गु्रपदेखि कक्षा १० सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करीब ५ सय विद्यार्थी अध्ययनरत छन् ।

स्कूलका प्रिन्सिपल तेन्जिङ भुटिया घोकाउने होइन सिकाउने, थर्काउने होइन फकाउने स्कुल भनेर विद्यार्थीलाई प्रेरणा प्रदान गरी अध्यापन गराउँदै आएको बताउनुभयो । अन्य विद्यालय भन्दा फरक ढंगले चलेको यस विद्यालयमा अनुभवी तथा दक्ष शिक्षकहरूले अध्यापन गराउँदै आएको भुटियाको भनाई छ ।

विद्यार्थीलाई शिक्षासँगै राम्रो संस्कार पनि सिकाउँदै आएका छौं, कक्षा १० को अध्ययन सकेपछि नै विद्यार्थी आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता रहेको उहाँको भनाई छ । विद्यालयले औपचारिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गर्दै आएको छ । यसले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न सहयोग पुर्याउने प्रिन्सिपल भुटियाको भनाइ छ ।

यस विद्यालयबाट हालसम्म ४ जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् भने काठमाडौं जिल्लाभरीका १० उत्कृष्ट विद्यालय मध्येमा पर्न सफल छ । विद्यालयले अन्तर्राष्ट्रिय स्कूल अवार्ड पनि प्राप्त गरिसकेको छ ।  प्रिन्सिपल भुटियाले अबकोे लक्ष्य प्लस टु सञ्चालन गर्ने रहेको बताउनुभयो । सकेसम्म छिटो प्लस टु सञ्चालनमा ल्याउने तयारीमा हामी छौं, पीजी टु पीजी अर्थात प्ले ग्रुपदेखि पोष्ट ग्रयाजुएटसम्म शिक्षा प्रदान गर्ने उद्धेश्य रहेको उहाँले बताउनुभयो ।

आर्थिक अभावका कारण कोही पनि विद्यार्थी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर सोही अनुसार गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको भोटीयाको भनाई छ ।

कार्यक्रमा बिद्यालयमा योगदान पुर्‍याउने अभिभावक, उत्कृष्ट बिद्यार्थी र बिभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मानीत गरीएको थियो ।

आइतवार, २८ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !