बुधवार र बिहीबार परेको असिना र पानीका कारण बैतडी जिल्लाको पाटन नगरपालिका र पुर्चौँडी नगरपालिकामा लगाइएको फलफूल तथा तरकारी खेती नष्ट भएको छ ।

दुई घण्टासम्म परेको असिना र पानीले पाटन नगरपालिकाको वडा नं ८, ९ र १० तथा पुर्चौँडी नगरपालिकाको ६, ७ र ८ नं. वडामा लगाइएको तरकारी खेती तथा फलफूल खेतीमा क्षति पुगेको हो ।

आफूले २५ रोपनी जग्गामा आलुखेती र ५ रोपनी जग्गामा हिउँदे फलफूलका बिरुवा रोपण गरे पनि फूल फुल्ने बेलामा असिना पर्दा उत्पादनमा ह्रास आएको पाटन नगरपालिका वडा नं. ८ धारीका अगुवा कृषक प्रजापति महराले बताउनुभयो ।

उहाँ जस्ता दर्जनौँ कृषकहरूले अन्नबालीको सट्टा तरकारी खेतीबाट गर्जो टार्दै आएता पनि फल लाग्ने बेलामा असिनाका कारण आलुखेती पुरै नष्ट भएको छ ।

पुर्चौँडी नगरपालिकाको वडा नंं. ६, ७ र ८ मा पनि असिना र पानीका कारण अन्नबाली तथा तरकारी खेती नष्ट हुँदा कृषकहरूमा निराशा छाएको स्थानीय लाल बहादुर बम बताउनुहुन्छ ।

यस बर्ष हिउँदमा पानी नपरी खडेरी पर्दा गहुँ बाली नउम्रे पनि तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका दर्जनौँ कृषकहरूको तरकारी खेती नष्ट भएकाले स्थानीय तहसँग क्षतिपूर्तिका लागि माग गरिएको भुमिराजका जगी साँउदलेल बताउनुभयो ।

बैतडी जिल्लाको कुल खेती गरिएको जमिन २५ हजार ७ सय हेक्टर मध्ये ७ हजार हेक्टरमा आलुखेती र ४ हजार ५ सय हेक्टरमा फलफूल खेती गरिँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

शुक्रबार, २६ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो