Trending
संखुवासभा मकालुकी ३७ बर्षिय किपा शेर्पालाई शेर्पा किदुक संखुवासभाले आर्थिक सहयोग गरेको छ ।
लामो समयदेखि मुटुको रोगबाट ग्रसित शेर्पा शहिद गंगालाल अस्पताल बाँसबारीमा उपचाररत हुनुहुन्छ । संखुवासभाको वालुङ–१ घर भएकी शेर्पाको आर्थिक अवस्था कम्जोर भएकाले उपचारकोलागि सहयोग गरीएको शेर्पा किदुक संखुुवासभाका अध्यक्ष मिङ्मा दोर्ची शेर्पाले बताउनुभयो ।
बिरामी शेर्पाको पटक पटक मुटुरोगले सताउने गरेको र अस्पताल गई रहनु पर्ने भएकाले अस्पताल पुगेर किदुकका अध्यक्ष शेर्पाले ६५ हजार रुपैया हस्तान्तरण गर्नु भएकोे हो ।
पहिले मुटुमा सानो समस्या देखिए पनि बढ्दै गएका कारण पटक पटक उपचार गराउनु परेका कारण आर्थिक समस्या परेको हो । मुटुमा बेला बेलामा रगत जाम हुने र अप्रेशन गर्नु भएकाले शेर्पाले लामो समयदेखि समस्या झेल्दै आउनुभएको छ ।
मृगौला रोगको समस्यालेसमेत ग्रसीत शेर्पालाई उपचारकोलागि सबैसंग आग्रह गरीएको छ ।