पहिलो महिला स्वास्थ्य सम्मेलन सुरु भएको छ । बिहीबारदेखि काठमाडौंमा पहिलो महिला स्वास्थ्य सम्मेलन सुरु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा आजसम्म सम्मेलन सञ्चालन हुने बताइएको छ । सम्मेलनमा महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा छलफल गर्नुका साथै यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहायता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती भइरहेको छ ।

सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । उहाँले अहिले पनि मातृ मृत्युदर ठूलो चिन्ताको विषय भएको बताउनुभयो । उहाँले किशोरी अवस्थामा नै गर्भवती हुने, बच्चा जन्माउने चुनौतिको विषय र महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, मानसिक स्वास्थ्यको समस्यालाई यथेष्ठ सम्बोधन हुन नसकेको बताउनुभयो ।

विभाग प्रमुख लालले विपद्को समयमा महिलालाई यौन तथा प्रजनन स्म्बन्धी सेवा र अधिकार सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुमा हुने कुपोषणको समस्या भयावह रहेकाले यी विषयहरुलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सुरक्षासम्बन्धी ऐनहरु भएपनि त्यसको कार्यान्वयन फितलो रहेको बताउनुभयो । प्रमुख लालले तीन तहका सरकारको समन्वयलाई प्रभावकारी बनाउँदै महिलाका स्वास्थ्यका सवाललाई सम्बोधन गर्न जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. सुधा शर्माले स्वास्थ्य सेवा बिस्तार भएपनि सेवाको गुणस्तर जनसमुदायमुखी नभएको बताउनुभयो । उहाँले उहाँले देशमा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नुका साथै सेवाको पहुँचमा पनि बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रविधिको अनावश्यक प्रयोग भइरहेको भन्दै सरकारका नीतिहरुमा र प्रजनन स्वास्थ्यको नीतिमा पनि सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले महिललाई प्रजनन स्वास्थ्यका हिसावमा मात्रै नहेरेर महिलाको जीवनका विभिन्न चरणमा आवश्यक्ताअनुरुपको सेवा बढाइनुपर्ने बताउनुभयो । उहाँले रोगको रोकथाममा अझै बढी ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रले महिलाहरुले गुणस्तरीय सेवा कसरी महिललाई सबैभन्दा बढी दिने भन्नेबारेमा छलफल हुनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्यमा महिलाको पहुँच बढाउनुका साथै समतामुलक पहुँच बिस्तार गर्नेकुरा नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रजनन स्वास्थ्यका साथै किशोरकिशोरीको स्वास्थ्यको समस्या, नसर्ने रोगको बढ्दो संक्रमण चुनौतिको विषय भएको बताउनुभयो । महिलाको स्तन र पाठेघरको क्यान्सरको विषयमा आवश्यक ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले महिलाको मानसिक स्वास्थ्यको चुनौति देखिएको पनि बताउनुभयो ।

सम्मेलनमा महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैह्र सरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका प्रतिनिधिहरू एवं विज्ञ व्यक्तित्वहरूको सहभागिता रहेको छ । महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौति एवं अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्यांकरूको लेखाजोखा गर्नु सम्मेलनको उद्देश्य रहेको बताइएको छ । सम्मेलन शुक्रवारसम्म चल्ने छ ।

बिहिबार, २५ फाल्गुन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान